डिलाइट साकोसलाई सम्मान

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सदस्य सहकारी संस्था डिलाइट साकोस, नयाँ बानेश्वर, काठमाण्डौलाई एक कार्यक्रमका विच बैंकको थप ५० लाख शेयर खरीद गरेको अबसरमा सम्मान गरिएको छ, बैंकको कर्पोरेट कार्यालयमा आज आयोजित कार्यक्रमका विच बैंकका प्रबन्ध संचालक केवी उप्रेती तथा सन्चालक द्वय रामशरण शर्मा घिमिरे, ज्ञान बहादुर तामांग, बैंकका नायव महाप्रबन्धक बद्री कुमार गुरागाई, सहायक महाप्रबन्धक हरिकृष्ण सापकोटा बैंकका सम्पूर्ण विभागका विभागीय प्रमुखहरु सहित नयाँ बानेश्वर शाखा प्रमुख बिष्णु गिरीको उक्त सम्मान कार्यक्रममा उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रमका अबसरमा बैंकका प्रबन्धक संचालक केवी उप्रेतिले डिलाइट साकोसले बैंकको विकासमा सदस्य संस्थाको तर्फवाट ठुलो सहयोग गरेको बताउनुभयो भने सो अबसरमा डिलाइट साकोसका तर्फवाट अध्यक्ष पुष्प बिष्ट सहित संस्थाका सञ्चालक समितिका सम्पुर्ण पधाधिकारीहरुको उपस्थितिका विच अध्यक्ष पुष्प बिष्टले सहकारी बैंकले आफ्नो सदस्य संस्थालाई हरेक तवरबाट सहयोग गरि सक्षम बनाउन सहयोग गरेको कुरा बताउनु भयो ।

सो अबसरमा बैंकको नयाँ बानेश्वर शाखा मार्फत बचत तथा कर्जाको कारोवार गरिरहेको संस्थाले यस अगाड़ी बैंकको २५ लाख १ हजार रकमको शेयर खरीद गरेको र हाल ५० लाख थप शेयर खरीद गरी कुल ७५ लाख १ हजार रकमको शेयर खरीद गरेको बैंकका नयाँ बानेश्वर शाखा प्रमुख बिष्णु गिरीले बताउनु भयो ्र

 

Share This: