सहकारी क्षेत्रमा दाेलखा नमूना जिल्ला

दोलखा । जिरीस्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि.को चौथो बार्षिक केन्द्रीय सभा  सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नर बहादुर जिरेलको अध्यक्षतामा सम्पन्न उक्त सभाका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत, विशेष अतिथि जिल्ला समन्वय समिति दोलखाका उपाध्यक्ष मनमाया जिरेल, नगर प्रमुख टंक बहादुर जिरेल, नेफ्स्कूनका पूर्व सञ्चालक गोकुलध्वज कार्की, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, नगर उपप्रमुख कृष्णमाया बुढाथोकी, गोकुल गाउँपालिकाका उपाध्यक्ष राधिका श्रेष्ठ लगायत संस्थाका सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय सभा उद्घाटन समारोहमा संघका अध्यक्ष बस्नेतले दोलखा सहकारी अभियानमा एक मोडल जिल्ला र साकोस एकरुपता प्रणालीको नमुना जिल्लाको रुपमा रहेको बताउँदै अब जिल्लाका सबै साकोसहरु नेपाल तथा एशियाली स्तरको गुणस्तर प्राप्त गर्न योग्य बन्नुपर्ने बताउनुभयो ।

जिरी नगरपालिकाका मेयर टंक बहादुर जिरेलले जिरी नगरपालिका भित्र रहेका सबै बचत तथा ऋण सहकारी संस्थाहरूलाई जोखिममा आधारित साकोस सुपरिवेक्षण (ऋग्च्द्यक्) कार्यक्रममा जानका लागि आग्रह गर्दै साकोसहरुका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

Share This: