प्रविधिलार्इ अात्मसात गर्दै सहकारी

दाेलखा । नेफ्स्कूनको प्राविधिक सहयोग तथा प्रगति साकोस र भीमेश्वर नगरपालिकाको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आबद्ध (भीमेश्वर क्लष्टर) साकोसहरुको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला बचत संघ दोलखाका अध्यक्ष जीवसराज खड्काले गर्नुभएको थियो भने अध्यक्षता आयोजक साकोसका अध्यक्ष जगत प्रसाद सुवेदीले गर्नु भएको थियो ।
प्रमुख अतिथि खड्काले संस्थाहरुको जोखिम न्यूनीकरणका लागि CURBS कार्यक्रम अत्यन्त प्रभावकारी भएको तथा CURBS मा आवद्ध भएर सहकारीको जोखिम न्यूनीकरणका लागि नीति, विधि र प्रविधिमा एकरुपता ल्याई सञ्चालन गर्न सहयोगी भएको बताउनु भयो । साथै यस क्लष्टरका आवद्ध हुन बाँकी अन्य बचत तथा ऋण सहकारीलाई पनि CURBS कार्यक्रममा आवद्ध गराउन जिल्ला बचत संघले सहजीकरण गर्ने बताउनुभयो ।

यस कार्यक्रममा स्वर्ण साकोस चरिकोट, परोपकार महिला साकोस चरिकोट, दिलढुंगा साकोस भीनपा, दीपज्योति साकोस सुन्द्रावती, शिवशक्ति साकोस लापिलाङ, ग्रामीण साकोस झयांकु, कालीनाग साकोस सुनखानी तथा आयोजक प्रगति साकोस राम्पा गरी जम्मा ८ वटा साकोसबाट ३३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा साकोसहरुको हालको अवस्था र भएका प्रगति, जोखिमका क्षेत्र र गुणस्तर सुधारका विषय, सदस्य केन्द्रीयता सूचकमा प्रस्तुति र छलफल भएको थियो । कार्यक्रम सञ्चालन आयोजक साकोसका सचिव राम प्रसाद दाहालले गर्नु भएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कून कर्वस कार्यक्रम अधिकृत सोविता मैनाली र समिट खड्काले गर्नु भएको थियो ।
आगामी दोस्रोे कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला माघ १८ गते परोपकार महिला साकोस भीनपा चरिकोटको आयोजनामा सम्पन्न गर्ने निर्णय भएको छ ।

Share This: