शुक्रपथकाे सञ्चालन मुनाफा दुई करोड ७९ लाख

काठमाडौं : शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीकाे सञ्चालन मुनाफा दुर्इ कराेड ७९ लाख भएकाे  छ । स‌ंस्थाले यस वर्षदेखि आवास परियोजना अघि बढाउने भएको छ। संस्थाको शनिबार सम्पन्न आठौँ वार्षिक साधारणसभाले आवास, कृषि र उर्जामा लगानी गर्ने निर्णय गरेको हो।

संस्थाले सहकारीको मोडेलमा आवास निर्माण गरेर सदस्यलाई आवास सुविधा उपलब्ध गराउने तयारी गरेको सचिव तथा कार्यकारी प्रमुख नरेन्द्र विष्टले जनाए। ‘यो परियोजना सदस्यको सहभागितामा अघि बढाइने छ ’ उनले भने।

साधारण सभामा संस्थाको शेयर पुँजी १६ करोड ५६ लाख रहेको अध्यक्ष निरहरी प्रसाद उपाध्ययले जानकारी दिए। संस्थाले एक अर्ब सात लाख ३० हजार रुपैयाँ निक्षेप संकलनगरी एक अर्ब १२ करोड कर्जा लगानी गरेको छ। संस्थाको विभिन्न कोषमा चार करोड रहेको छ। संस्थाले यस वर्ष दुई करोड ७९ लाख सञ्चालन मुनाफा गरेको कार्यकारी अध्यक्ष उपाध्यायले जानकारी दिए।

सहकारीका चार हजार सदस्य छन्। न्यूरोडमा प्रधान कार्यालय रहेको सहकारीका तीनकुने, चाबहिल, गोगंबु र कालीमाटी सेवाकेन्द्र सञ्चालित छन्। संस्थाले स्वास्थ्य बिमाअघि बढाउने भएको छ। २१ हजार किरिया खर्च र २५ सय सुत्केरी भत्ता दिने निर्णय गरेको सचिव विष्टले जानकारी दिए।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले सहकारीबाट उत्पादन बढाउनुपर्ने बताए। ‘सहकारी व्यवस्थित गर्न सके देशको विकास सहकारीबाटै गर्न सकिन्छ।’ उनले भने। पूर्व एआइजी जयबहादुर चन्दले सहकारी सर्वसाधारणका लागि दुःख र सुखमा काम लाग्ने माध्यम बनेको बताए। यसले आर्थिक मात्र नभई सामाजिक रुपमासमेत प्रभाव पार्ने उनको भनाइ थियो।

 

Share This: