बिरगंजमा पर्ल्स अनुगम तालिम सुरु

 बिरगंज, पर्सा । राष्ट्रिय सहकारी बैंक लिमिटेड बिरगंज शाखाको आयोजनामा तिन दिने पर्ल्स अनुगमन प्रणाली सम्बन्धि तालिमको आज एक कार्यक्रमका बिच शुरुवात भएको छ । पर्सा जिल्लामा रहेका सहकारी संस्थाहरुलाई लक्षित गरी शुरुवात गरिएको तालिम कार्यक्रममा त्यस क्षेत्रका सहकारी संघ/संस्थाहरुबाट ३० जना सहकारीकर्मीहरुको सहभागीता रहेको छ ।
बचत तथा ऋण सहकारी संघ पर्साका उपाध्यक्ष असगर अली अंसारी प्रमुख अतिथी र बचत तथा ऋण सहकारी संघ पर्साका सञ्चालक नागनारायण सिंह अतिथि रहेको कार्यक्रम बिरगंज शाखा प्रमुख युबराज त्रिपाठीको सभापतित्वमा शुरू भएको थियो भने कार्यक्रमको सञ्चालन बिरगंज शाखाका कर्मचारी राहुल झाले गर्नु भएको थियो | कार्यक्रमका प्रमुख अतिथि अंसारीले तालिमले संघ/संस्थाहरु लाई संस्थाको बर्तमान अवस्था के कस्तो छ, भविष्यमा के गर्ने र संस्थाको कमी, कमजोरी हटाउनलाई तालिमले सहयोग गर्ने बताउनु भयो |

उक्त तालिममा प्रशिक्षक अनिल बीर बज्राचार्य र बिरगंज शाखा प्रमुख युबराज त्रिपाठीले संयुक्त रुपमा सहजीकरण गर्नुभएको छ भने होटल कुमू प्यालेस स्थित बिरगंजमा सो कार्यक्रम मंसिर २० गते सम्पन्न हुनेछ ।

Share This: