अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको सहभागिता

ललितपुर ।  CICTAB को आयोजनामा १० डिसेम्बर देखि १३ डिसेम्बर सम्म NDDB, Anand, गुजरातमा संचालन हुन गैरहेको Dairy Development Through Co-operative Model कार्यक्रममा बैंकको तर्फवाट सदस्य संस्था जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड इलामबाट हेम प्रसाद कट्टेल, फ्रेन्डसीप कृषी सहकारी संस्था लि. इलाम–१० गोदकबाट ईश्वर श्रेष्ठ, कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र सुर्यदय–८ इलामबाट भुपेन्द्र अर्याल, नेपालटार दुग्ध उत्पादक सहकारी संस्था लि. इलाम–१,साखोजुङ्गबाट परशुराम घिमिरे, श्रीराम दुग्ध उत्पादक सहकारी संस्था लि. सुर्यदय-१३, लक्ष्मीपुरबाट लक्ष्मीकान्त घिमिरेले यस कार्यक्रममा सहभागी हुनुहुनेछ ।
आज बैंकको शाखा कार्यालय इलाममा आयोजित एक कार्यक्रमका विच केन्द्रिय चिया सहकारी संघ लि. का अध्यक्ष गोविन्द प्रसाद दहाल र एकता लघु उद्यम सहकारी संस्था लिमिटेडका गोपाल पौडयाल, केन्द्रीय कार्यालय कर्जा विभागका सहायक अधिकृत कर्मचारी गोपाल काफ्ले र शाखा कार्यालय इलामका शाखा प्रमुख अर्जुन कार्की सहित शाखाका कर्मचारीहरुले संयुक्त रुपमाकार्यक्रममा सहभागिता जनाउनु लाग्नु भएका सहकर्मीहरुलाई कार्यक्रम सफलताको शुभकामना सहित बिदाई गर्नु भएको थियो ।

Share This: