कास्कूनमा सर्वसम्मत नयाँ नेतृत्व

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण संघ(कास्कुन) मा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । आगामी चार वर्षे कार्यकालका लागि सबै पदमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । सहमतिपश्चात उपाध्यक्षमा नवराज अर्याल, सचिव शालिकराम पुडासैनी, कोषाध्यक्ष निरन्जन सेडाई निर्वाचित भएका छन् ।

सञ्चालकमा अनिता अधिकारी, सीमा पूरी, राजकुमार खड्का, ईश्वर सुनार, तारा सापकोटा, विरेन्द्र भण्डारी, प्रेमनारायण चौलागाई, लेमन श्रेष्ठ, पुरुषोतम नेपाल, विनिता अधिकारी, रिता श्रेष्ठ निर्वाचित भएका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुवास चन्द्र घिमिरे निर्वाचित भएका छन् । लेखा सदस्यमा गोमा सुवेदी ढुंगाना र श्रीराम केसी निर्वाचित भएका छन् ।

 

Share This: