बिराजको साधारणसभामा समाजसेवी दाहाल सम्मानित

काठमाडौं । बिराज बचत तथा ऋण सहकारी संस्था लि चावहिलको आठौं वार्षिक साधारण सभा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि डा वाग्ले समाजसेवी तथा संस्थाका जेष्ठ शेयर सदस्य तेजप्रसाद दाहाललाई विराज सहकारी सम्मान २०७५ प्रदान गर्नु भएको थियो । त्यसैगरी प्रमुख अतिथि वाग्ले संस्थाका शेयर सदस्यहरु दुर्गाबहादुर खत्री, विमला कार्की र मधु्सुदन श्रेष्ठलाई विराज उत्कुष्ट करोवार पुरस्कार २०७५ तथा छात्र सुविद दाहाल र छात्रा ममता तमाङलाई बिराज सहकारी शिक्षा पुरस्कार २०७५ प्रदान गर्नु भएको थियो ।

साधारण सभालाई सम्बोधन गर्दै अर्थ विद् समेत रहनु भएका डा वाग्ले सहकारीको माध्यमबाट आर्थिक विकास र समाजिक रुपान्तरण गर्नु सकिने धारणा राख्नु भयो । साधारण सभाका विशिष्ट अतिथि ओखलढुंगाका प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले विराजले गरेका कार्यहरु चर्चा गर्दै सामाजिक तथा आर्थिक विकासमा विराज जस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका रहने विचार राख्नु भयो भने संविधान सभाका पूर्व सांसद रामहरि खतिवडाले विराजले गरेको कार्यहरुको प्रसंशा गर्नुभएको थियो ।

संस्थाका सल्लाहकार वरिष्ठ पत्रकार, साहित्यकार तथा मानवअधिकारकर्मी प्रा पुरुषोत्तम दाहालले सम्मानित तथा पुरस्कृत महानुभावहरुलाई बधाई तथा शुभकामना प्रर्कट गर्दै विराजको स्थापनाको उदेश्य र संस्थाले गरेका कार्यहरुको चर्चा गर्नु भएको थियो । संस्थाका सल्लाहकार तथा सम्मान संयोजना समितिका संयोजक सहप्रा। मुकुन्दराज दाहालले सम्मानित तथा पुरस्कृतहरुको बारेमा प्रकाश पार्नु भएको थियो । सम्मानित व्यतिmत्व तेजप्रसाद दाहालले विराज बचत तथा ऋण सहकारी संस्था लि।बाट सम्मानित हुन पाएकोमा खुशि प्रकर्ट गर्नु भयो।

 

विराज सहकारी शिक्षा पुरस्कार प्राप्त गर्ने छात्र सुविद दाहालका पिता तथा संस्थाका सल्लाहकार विनोद दाहालले संस्थाले शैक्षिक, सामाजिक तथा आर्थिक कोरवारका क्षेत्रमा सम्मान तथा पुस्कार प्रदान गर्ने कार्य प्रशंसा योग्य रहेको बताउनु भयो ।

वार्षिक साभारण सभामा संस्थाका अध्यक्ष दिनेशकुमार मगरले वार्षिक प्रतिवेदन लेखा समितिका संयोजक नवराज दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष रामप्रसाद दाहालले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण शेयर सदस्य गान्धर्वराज पौडेलले गर्नु भएको थियो ।

आठौं वार्षिक साधारण सभाबाट अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा लेखापरीक्षको प्रतिवेदनहरु पारित तथा आ।व। ०७५/०७६ को लेखापरीक्षका नियुक्ती लगायतका विषयहरुमा निर्णयहरु भएका थिए ।

Share This: