बहुउद्देश्यीय सहकारी संघद्वारा श्रद्धाञ्जली अर्पण

 सल्लाहकार गौतमका पिताको निधन

बागलुङ । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङले संंघका सल्लाहकार दिपक गौतमका पिताको निधन प्रति दुख व्यक्त गर्दै शनिवार श्रद्धाञ्जली अर्पण गरेको छ ।   संघका सल्लाहकार गौतमका पिता बालानन्द गौतमको ८५ वर्षको उमेरमा माघ ६ गते बागलुङ नगरपालिका वडा नं. ३ बुद्धचोकस्थित निवासमै निधन भएको थियो ।   बहुउद्देश्यीय सहकारी संघका सल्लाहकार तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी र संघका अध्यक्ष दुर्गाबहादुर कुँवरले संघको तर्फबाट शोक पत्र परिवारका सदस्य विकास गौतमलाई हस्तान्तरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष तथा बहुउद्देश्यीय सहकारी संघका सल्लाहकार गौतमका पिताको निधनले संघ परिवारलाई स्तब्ध तुल्याएको शोक पत्रमा उल्लेख छ । दुखको यस घडिमा स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।   संघका सल्लाहकार हुमाकुमारी जि.सी (अञ्जु), संंघका लेखा समितिका संयोजक हुमबहादुर थापा, सञ्चालकहरु शिवकला थापा, गंगा हमाल, आदर्श सञ्चार सहकारी संस्थाका सचिव ललिता थापा लगायतले स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।   श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संघका सञ्चालक हिरामणी आचार्यले  गर्नु भएको थियो । स्वर्गीय  गौतमका ५ भाई छोरा, ३ बहिनी छोरी रहेका छन् ।

Share This: