अनुदानले देश बन्दैन : ढुंगेल

काठमाडौं । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले अनुदानले देश नबन्ने बताउनुभएको छ । अनुदानभन्दा सहुलियत ऋणले आर्थिक विकास हुने उहाँको भनाइ थियो । सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजना तथा सहकारी नेपालको प्रस्तुती ‘सहकारी मेच’ मा बोल्दै उपाध्यक्ष ढुंगेलले सहुलियतपूर्ण कर्जाले मात्रै उद्यमशीलता बढ्ने बताउनुभयो ।

 

परिषद्को पहलमा विभिन्न किसिमका सहुलियत कर्जा मोडेल अघि सारिएको भन्दै ढुंगेलले सहकारीमार्फत त्यस्तो कर्जा प्रवाह गर्न सकिने बताउनुभयो ।
बैंकहरुले बिना धितो कर्जा दिन आनाकानी गर्छन्, अब केहीदिनभित्रै सहकारीमार्फत ऋण दिने व्यवस्था गर्न लागेका छौं’ उहाँले भन्नुभयो ।

 

उपाध्यक्ष ढुंगेलले परिषद्मार्फत २ हजार भन्दा बढी युवा उद्यमी भइसकेको बताउनुभयो । उहाँले अहिले पनि युवा परिषद्ले नेफ्स्कुनसँग सहकार्य गरी युवा उद्यमशीलतासम्बन्धी काक गरिरहेको बताउनुभयो ।

 

वाध्यतावश वैदेशिक रोजागरीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न परिषद्ले पहल कदमी लिने उहाँको भनाई थियो ।

 

कृषिको विकासका लागि राज्यले कृषि तथा व्यवसायिक परियोजना ल्याएपनि त्यसले उललब्धि हाशिल गर्न नसकेको उहाँले भन्नुभयो । ‘प्याक्टको कार्यक्रम कागजमा कृषि क्रान्ति, यथार्थमा केही पनि नहुनु विडम्बनापूर्ण हो ।’ उहाँले भन्नुभयो ।

युवा परिषद्को गठन भएसँगै देशमा स्वरोजगार बढ्दै गएको उहाँको भनाई थियो ।

Share This: