भक्तपुर जिल्ला बचत संघको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आ.व.२०७५।७६ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भयो । गोष्ठीका सभापति संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले शिक्षा तालिम, अन्तर लगानी र अभियानलाई जोड दिदैं संघले आफ्नो क्रियाकलापहरु गर्दै आएको कुरा बताउनुभयो ।

वहाँले संघको बचत बृद्धि र ऋण लगानीमा आबद्ध समिति उपसमितिका संस्थाले प्राथमिकता साथ संघमा कारोवार गर्न अनुरोध गर्नुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्दै संघलेतय गरेको बार्षिक लक्ष्य प्राप्तिमा सन्तोषजनक रहेकोमा समिति उपसमितिको क्रियाशिलतालाई अझ बृद्धि गर्नुपर्ने विचार गर्नुभयो । संघका सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम तथा तालिम प्रगतीको प्रस्तुतीकरण गर्नु भयो । संघका कोषाध्यक्ष कान्छा भक्त घःजुले आथिक समिक्षा गर्दै संघले तय गरेका लक्ष्य हासिल गर्न सकेकोमा खुशि व्यक्त गर्दै सुधार गर्नुपर्ने बचत तथा ऋण लगानी बृद्धिमा सबैको साथ सहयोगको अपेक्षा राख्नुभयो ।

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले सदस्यता बृद्धिमा जोड दिनुपर्ने कुरा बताउनुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघमा कारोबार गरि बचत तथा ऋण लगानी बृद्धिमा सहयोग गर्नुपर्ने विचार राख्नुभयो ।

संघका समिति, उपसमिति र कर्मचारी गरी जम्मा ३८ जनाको सहभागिता रह्यो । गोष्ठीमा प्रस्तुत भएका प्रस्तुती माथी छलफल गरी सुझाव संकलन गरियो । संघको अगामी प्रगतिको लागि साझा अवधारणका साथ कार्यक्रम सम्पन्न गरियो ।

Share This: