सुर्खेतमा कर्जा तथा जोखीम ब्यवस्थापन  तालिम सम्पन्न

सुर्खेत ।  राष्ट्रिय सहकारी बैंक लि.सुर्खेत शाखा को आयोजनामा तिन दिवसिय कर्जा तथा जोखीम ब्यवस्थापन तालिमको समापन समारोह आज बैंकका संचालक सदस्य हरिहरनाथ योगीको अध्यक्षतामा सिद्धार्थ होटल सुर्खेतमा सम्पन्न भएको छ ।
कार्यक्रममा सुर्खेत जिल्लाका ३७ सहकारी का ३९ जना सहकारीकर्मीहरुको सहभागीतारहेको थियो । कार्यक्रमको समापनमा सहभागीहरुको तर्फवाट ओमकली थापा मगर र दिपेश गिरी ले मन्त्वय राखदै तालिम निकै फलदाई भएको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर संचालन गर्न अनुरोध गर्नु भएको थियो ।
तालिम कार्यक्रम बैंकका दाङ शाखा प्रमुख नारायण बेल्वासे, धनगडी शाखा प्रमुख कृष्ण रावल र सुर्खेत शाखा प्रमुख शागरनाथ योगीको सहजिकरणमा सम्पन्न भएको थियो ।   
Share This: