सूचना चौतारीको टोली भारत प्रस्थान

काठमाडौं । सूचना चौतारी सञ्चार सहकारी संस्थाको ३७ जनाको टोली भारतको नयाँ दिल्ली पुगेको छ । १२ जनाको टोली यसअघि पुगीसकेको थिए भने शुक्रबार २५ जनाको टोली भारत पुगेको हो ।

राष्टि्य सहकारी युनियन भारतको आयाेजनामा  ८ फेब्रुअरी २०१८ देखि ११ फेब्रअुरी २०१९ सम्म हुने Leadership Development Program for Women Cooperators/ chairpersons in Nepal मा सहभागी हुन टोली नयाँ दिल्ली पुगेको हो ।

भारत भ्रमण संयोजक रमिला श्रेष्ठले संयोजकत्वमा ३७ जनाको टोली चारदिनसम्म नेतृत्व विकाससम्बन्धी तालिममा सहभागिता जनाउने छ ।

सूचना चौतारी सञ्चार सहकारी संस्थाका सचिव निरञ्जन सेढाई र  शिक्षा तथा तालिम  उपसमिति  सदस्य ठाकुनरनाथ आचार्यले उक्त टोलीलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाइ गर्नुभएको थियो ।

Share This: