सहारा पञ्चकन्याको कारोबार साढे ५३ करोड 

-डुकुप्रसाद कोइराला-

सर्लाही । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड मलंगवाले आर्थिक बर्ष २०७४/०७५ को अवधिमा ५३ करोड, ५३ लाख, ३९ हजार नौं सय २१ रुपैयाँको कारोबार गरेको छ ।

शनिबार आयोजित संस्थाकोे १० औं वार्षिक साधारण सभाको अवशरमा प्रतिवेदन प्रस्तुत गर्नेक्रममा सो जानकारी दिईएको हो । सभामा संस्थाका अध्यक्ष देवेन्द्र यादवद्धारा प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षसम्मा आठ सय ४२ जना शेयर सदस्यहरुबाट ५९ लाख, १४ हजार एक सय २० रुपैयाँ शेयरपुँजी कायमगर्न सफल भएको संस्थाले सो अवधि सम्म ३० करोड, ८० लाख ३८ हजार चार सय ८९ रुपैयाँ निक्षेप संकलन गर्नुको साथै १७ करोड, १६ हजार छ सय ९९ रुपैयाँ लगानी गरेको उल्लेख छ ।

त्यसैगरी संस्थाले १५ करोड, २२ लाख २४ हजार पाँचै सय ३५ रुपैंयाँ असुली गरेकोमा ब्याजमात्र एक करोड, ७८ लाख, १८ हजार दुईसय ५९ रुपैंयाँ असुली गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेकोे छ भने ५८ हजार नौं सय ५६ रुपौंयाँ नाफा गरेको छ । अध्यक्ष यादवका अनुसार गत आ.व.मा भएको कूल नाफा ८० लाख, २६ हजार, चारसय ३२ रुपैयाँ रहेकोमा शेयर सदस्यहरुले संस्थामा बुझाउनु पर्ने रकम समयमै नबुझाएका कारण संस्थाको नाफामा कमी आएको जानकारी दिए ।

बार्षिक साधारण सभाको उद्घाटन गर्दै सर्लाही क्षेत्र नं. १ का संघिय सांसद प्रमोद कुमार साहले सहारा पञ्चकन्या सहकारी संस्थाले ग्रामीण क्षेत्रका स–साना ब्यवसायीहरुलाइ सहयोग गरेर माथि उठाउने प्रयत्न गरेको कार्य सराहनिय भएको बताउदै संस्थालाई बजबुद बनाउन सवै सदस्यले बराबरीहकको भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । एक फरक प्रसंगको उद्घोष गर्दै सांसद साहले संघिय सरकारले अझैपनि मधेशलाई हेर्ने दृष्टिकोण फरक रहेकोले भेदभावपूर्ण व्यवहारकालागि फेरीपनि मधेशी जनताले संघर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

कार्यक्रममा पूर्व सांसद लक्ष्मण राय, जंगीलाल राय, कांग्रेस माहासमिति सदस्य रामवली राय, नेकपाका प्रदेश सदस्य नागेश्वर साह, नेकपाका पूर्व जिल्ला सदस्य देवेन्द्र राय, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे लगायतले शुभकामना मन्तब्य व्यक्तगरेका थिए । सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको सो संस्थाको जिल्लाभित्रका बरहथवाबाट समेत सेवा सञ्चालन गरिएको संस्थाका प्रबन्धक दिलिप कुमार झाले जानकारी दिए ।

Share This: