लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा

दाङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालेनिकट भविस्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने ताएकि छिन् । रिपोटर्श क्लव दाङले शनीवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संपुर्ण औद्योगिक पुर्वाधारहरु तयार गर्न व्यवसायीहरुले सरकारसंग हातेमालो गर्ने पनि उनले बताइन् ।

 

‘दुइतिहाइकोशक्तिशाली सरकार बनेको छ, अव समृद्धिको आन्दोलनमा ढुक्कसंग लाग्नुस,अलमलिने अवस्था छैन’,अध्यक्ष राणाले भनिन् । संघियताको मर्मलाइ ध्यान दिने हो भने पांच नंवर प्रदेशको केन्द्र हरेक दृष्टिकोणले दाङ उपयुक्त रहेको पनि उनले बताइन् । ‘पांच नंवर प्रदेशमा पिछडिएको बर्दिया छ, पुर्वि रुकुम छ, बर्दिया बांके र रुकुमलाइ पनि विकाशको मुल प्रवाहमा ल्याउन सकेमात्र संघियताको स्वाद आम नेपालीले अनुभुति गर्ने छन्’, अध्यक्ष राणाले भनिन्, त्यसकालागी दाङ भौगोलिक, पर्यावरणीय, धार्मिक, पर्यटकिय हरेक दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो ।’

 

साथै कैलाशधाम र स्वर्गद्धारीधामलाइ जोड्न दाङ जोडिएको नयां रुट बनाउने सवालमा पनि उद्योग वाणिज्यसंघले केन्द्रमा समेत लविङ गरीरहेको पनि अध्यक्ष राणाले दावी गरीन् । ।रिपोर्टस क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राणाले पर्यटकिय पुर्वाधारकालागी उद्योग वाणिज्य महासंघकै समन्वयमास्वर्गद्धारी केवलकारको संभाव्यता अध्ययन समेत भैसकेको उनले बताइन् ।

 

निकट भविस्यमै हुन थालेको लगानी सम्मेलनमा पनि स्वर्गद्धारी केवलकारको विषयलाइमहत्वकासाथ उठाउने उनको भनाइ थियो ।मुलुकमा भएको राजनितिक परीवर्तनमा निजि क्षेत्रको अग्र भुमिका रहेको भन्दै नयां संघात्मक अभ्यासमा व्यवसायीलाइ नयां अवसर आएको पनि अध्यक्ष राणालेबताइन् । ‘मुलुकमा सायद सवैभन्दा बलियो दुइतिहाइ वहुमतको सरकार हामीले पाएका छौं, अव सरकारले समृद्धिको आन्दोलनलाइ अघि बढाउने पर्दछ’, अभ्यक्षराणाले भनिन्, त्यसकालागी उद्योग वाणिज्य महासंघ सरकारसंग हातेमालो गर्न तयार छ ।’

 

दुइतिहाइ वहुमतको सरकार समृद्धिका सवालमा अझैपनि अलमलमापरेको बताउंदै उद्योग वाणिज्य महासंघले सरकारलाइ आर्थिक समृद्धिको खाका पनि बुझाइसकिएको दावी गरीन् । उद्योग व्यापार नितिमा धेरै नितिगत जटिलताहरु रहेको भन्दै अध्यक्ष राणाले त्यस्ता त्रुटिहरुको समाधान गर्न आवस्यक निति ल्याउन सरकारलाइ सुझाव दिइएको पनि बताइन् । साथै आम व्यवसायीहरुले राज्यको दोहोरो करप्रति गुनासो गरीरहेको अवस्थामा एकिकृत कर प्रणालिको अवधारणा पनि वर्तमान सरकारका अर्थमन्त्रीलाइ महासंघले बुझाइसकेको पनि उनको दावी थियो ।

 

त्यसैगरी उनले स्थानिय सरकारदेखि केन्द्रिय सरकार सम्मै अहिले शुशासनका विषयमा टिकाटिप्पणिहरु भैरहेको भन्दै शुसासनलाइ पहिलो प्रार्थमिकता दिन पनि सरकारलाइ आग्रह गरीन् । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख वक्ता राणाले सरकारले महिला उद्यमीहरुको प्रवद्र्धनकालागी राष्ट्रपति महिला उद्यमी कार्यक्रम ल्याइसकेको भन्दै त्यसमा सहभागि हुन पनि महिला उद्यमीहरुलाइ आग्रह गरीन् ।

 

त्यसकालागी उद्यमी महिलाहरुलाइ एउटा औद्योगिक कार्यक्रम ल्याएर महासंघमा आए त्यसमा पहल गर्ने पनि राणाले बताइन्।एक अर्को प्रशंगमा च्याम्वर अफ कमर्श उद्योग वाणिज्य संघको प्रतिद्धन्दी तथा वैकल्पिक संस्था नभएको दावी गरीन् । ‘आमा संस्था मेटिंदैन, हाम्रा वीङ्सहरुविदेशमा समेत फैलिइसकेका छन्’, अध्यक्ष राणाले भनिन् उद्योग वाणिज्य संघको ५१ बर्षको इतिहासलाइ कसैले पनि मेटाउन सक्दैन कार्यक्रमको सहजीकरण क्लवका महासचिवविमल गौतमले गरेका थिए ।

Share This: