२ बर्षभित्र सबै जिल्लामा कृषि बजार स्थापना गछौं ः प्रधानमन्त्री

काठमाडौ‌
प्रधानमन्त्री ओलीले सो कार्यक्रमलाई सम्बोधन गर्दै सरकार र सहकारी आन्दोलन समृद्धिका लागि सँगसँग अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारी आन्दोलन हामीले चलाएको हौं । हामी यसको सुरक्षा गछौं , सबल बनाउँन के के गर्नुपर्छ सबै गछौं ।’ उहाँले देशको ठूला जनसख्या कृषिमा रहेको र किसानलाई संगठित गरेर सामुहिक कृषि खेती गरेको खण्डमा उत्पादनका लागि बजारको समस्या नहुने बताउनुभयो । उहाँले २ बर्षभित्र हरेक जिल्लामा एउटा कृषि बजार व्यवस्था हुने र ७७ वटै जिल्ला २ बर्षभित्र यातायातासँग जोडिने बताउनुभयो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकिरकण कार्यसँग सहकारीलाई जोडेर लग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।‘यो कार्यक्रम सहकारीबाट अलग रहेर सफल हुनै सक्दैन।।’ उहाँले भन्नुभयो, ‘उत्पादन गर्ने नाममा विषादियुक्त खाद्यान्न उत्पादन गर्ने होइन अग्र्यानिक उत्पादनमा जोड दिनुपर्छ । यो भन्सामा स्वस्थ खानेकुरा हुनुपर्छ ।त्यस्का लागि किसानलाई चेतना दिन सक्ने क्षेत्र भनेको सहकारी हो ।’
सहकारीमार्फत आधुनिकिकरण गर्न सकेको खण्डमा मात्र कृषि क्षेत्रमा आमुल परिवर्तन हुने धारणा राख्नुभयो । ‘जीवन कठिन भएको बेला, बाच्न गाहे भएको बेला बाच्न सम्भव बनाउने उद्देश्यले नै सहकारी स्थापना भएको हुन्छ संघर्षका रुपमा शुरु हुन्छ र अनुभवी हुँदै जान्छ र यसले सन्पन्नताको खोजी गर्दै यसमा योगदान दिन्छ ।’ उहाँले सहकारीको अबको यात्राको विषयलाई प्रष्ट पार्दै भन्नुभयो,‘अबको अभियानको यात्रा समृद्धि, उदम, आधुनकि प्रविधिको प्रयोगका लागि अप्ठ्यारो परिस्थिलाई सहज बनाउन हुने छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी मन्त्री अर्यालले ५० करोडभन्दा बढि कारोबार गर्न बचत तथा ऋण सहकारी संस्थालाई अनुगमन गर्ने संयन्त्र निर्माण गर्न लागेको बताउनुभयो । उहाँले सहकारी एकिकरणमा जोड दिदै पाँच बर्षको अवधिमा सहकारीको सख्यामा ५० प्रतिशत घटाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूमि स्रोत हो, सहकारी माध्यम र गरिवी निवारण लक्ष्य हो ।’ उहाँले गरिवी निवारण लक्षित कार्यक्रमका लागि २ पालिकाबाट विशेष योजना शुरु गर्न लागेको समेत बताउनुभयो । उहाँले एक गाउँ एक सहकारीकोअवधारणा आफूले ल्याउन लागेको बताउँदै सहकारीको गुणस्तरीयता बृद्धिमा फोसक गर्ने बताउनुभयो । ‘सहकारीलाई राजनीतिबाट अलग राख्दै अगाडी बढ्ने छौं,’ उहाँले भन्नुभयो । कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले २०७५ साल कानुन निर्माण र कार्यान्वयनको बर्षमा रुपमा रहेको बताउनुभयो । उहाँले सहकारी कानुनले सहकारीलाई उत्पादनलगायत अन्य क्षेत्रमा जानका लागि मार्गनिर्देशक गरेकाले अन्य कानुनले यसलाई बाधा नगर्ने बताउनुभयो । उहाँले सहकारी नियमावली विधेयक समितिबाट गइसकेकाले अब सार्वजनिक हुने चरणमा पुगेको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सार्वजनिक, निजी र सहकारी क्षेत्र सवल भएमात्रै समृद्धि हालि हुने भएकाले सबैसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी अब उत्पादन र ठूलो परियोजनामा प्रवेश गर्ने चरणमा रहेको बताउनुभयो । महासंघका पूर्व अध्यक्ष बाँस्कोटाले मन्त्रालयले पछिल्लो समय सकारात्मक कार्य गरी सहकारीमैत्री वातावरण सिर्जना गरेको धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

उत्कृष्ट सहकारी पुरस्कार घोषणा
उत्कृष्ट सहकारी पुरस्कारबाट बहुउद्देश्यी सहकारी संघ लि ललितपुर पुरस्कृत हुने भएको छ ।त्यसैगरि उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७५ बाट प्रदेश १ तफृ झापाको शुभलक्ष्मी सहकारी संस्था चुनिएको छ । प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संसथा, प्रदेश ३ बाट ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि., गण्डकी प्रदेशबाट बागलुङको आदर्श सञ्चार सहकारी संस्था लि., प्रदेश ५ बाट रुपन्देशीको सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि., कर्णाली प्रदेशबाट सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि रुपन्देही र कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था लि र सुदुरपश्चिम प्रदेशबाट कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्था लि. पुरस्कृत हुने भएका छन् ।

Share This: