सहकारी बैंकद्वारा बागलुङका दुई सहकारी सम्मानित

बागलुङ  । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले आर्थिक वर्ष २०७४र०७५ मा उत्कृष्ट र नियमित कारोबार गर्ने दुईवटा सहकारी संस्थालाई सम्मान गरेको छ ।   बैंकको बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने इमेज बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने बागलुङ गलकोट बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको हो ।

६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित मुल समारोहमा बैंकका अध्यक्ष के.बी.उप्रेती, प्रतिनिधिसभाका सदस्य मनकुमारी केसी, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी. ले संस्थाका पदाधिकारीहरुलाई सम्मानपत्रद्वारा सम्मान गर्नु भएको थियो ।   हरेक आर्थिक वर्षमा शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने एक एक वटा सहकारी संघ संस्थाहरुलाई सम्मान गरिदै आएको बैंकले जनाएको छ ।

बैंकको साधारणसभामा केन्द्रीय स्तरमा पुरस्कार तथा सम्मान प्रदान गरिदै आएको छ । साधारणसभामा घोषणा गरी शाखा स्तरमा कारोबार गर्ने संस्थालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत बागलुङका २ वटा सहकारीलाई सम्मान गरिएको हो ।   जिल्ला सहकारी संघ बागलुङको मुख्य आयोजनामा भएको सहकारी दिवस मुल समारोहको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वि. उप्रेतीले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उप्रतीले बागलुङ जिल्ला गण्डकी प्रदेशकै सहकारीको उद्गम स्थलका रुपमा रहेको र बागलुङका सहकारीहरुले सहकारी क्षेत्रको प्रवद्र्धनमा खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । केन्द्रिय तहका सबै ठाउँमा बागलुङका सहकारीकर्मीहरु नेतृत्वमा पुग्नुले बागलुङले सहकारीको महत्व राम्रोसंग बुझेको उहाँको भनाई थियो ।

कार्यक्रममा संघीय सांसद मनकुमारी के.सी., राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी., नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेल लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रतिनिधि तथा विषयगत सहकारी संघका सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।   जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सहकारीकर्मी र उत्कृष्ट सहकारी संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । सहकारी बैंकका सञ्चालक जि.सी. सम्मानित यसैबीच सोही समारोहमा सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलाई सम्मान गरिएको थियो ।

जिल्ला सहकारी संघका पूर्व अध्यक्ष समेत रहेका जिसीले बागलुङ जिल्ला सहित देशभरकै सहकारी अभियानलाई अगाडि बढाउन निरन्तर रुपमा सक्रिय रहेकोले सम्मान गरिएको संघका अध्यक्ष दिपक गौतमले बताउनु भयो ।   २०५० सालमा जिल्ला सहकारी संघको सहायक प्रवन्धकका रुपमा सहकारी अभियानमा प्रवेश गरेका जिसी २०५८ देखि सहकारी संघ संस्थाको नेतृत्व गर्दै आइरहनु भएको छ ।

सहकारी संस्थाको पदाधिकारी हुदै जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष, राष्ट्रिय सहकारी बैंकको सञ्चालक लगायत सहकारी अभियानका विभिन्न ठाउँमा रहेर  ग्रामिण क्षेत्रमा सहकारी अभियानलाई प्रवद्र्धन गर्नुका साथैै जिल्ला सहकारी संघलाई सक्रिय र संस्थागत गराउन समेत जिसीको योगदान गरेको जिल्ला सहकारी संघले जनाएको छ ।

Share This: