सचिव मैनालीद्वारा पुस्तक सहयोग

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शंकरापुर नगरपालिका–४ मा जेपी प्रतिष्ठान द्वारा संञ्चालित मैत्रिसेवाश्रमलाई पुस्तक सहयोग गरेका छन् । आफूले लेखेका पुस्तकहरु उनले प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालललाइ हस्तान्तरण गरेका हुन् ।
ज्येष्ठ नागरिकलाई सुविधासम्पन्न आश्रम निर्माण गरि सामाजिक रुपान्तरण योगदान दिने उद्देश्यले खोलिएको आश्रममलाई सचिवले पुस्तक प्रदान गरेका हुन् ।

आश्रम २०७३ फागुन ३ गते सञ्चालन भएको हाे। यस प्रतिष्ठानले ६० वर्ष नाघेका स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई मासिक न्यूनतम शुल्क लिई आधारभूत आवश्यकतासहित भोजन, विश्राम, काम, मनोरञ्जन र स्वास्थ्य सेवाको सन्तुलित व्यवस्था गरेको यस  बताए। ‘निश्चित संख्यामा अशक्त, असाहय र राष्ट्रलाई उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई निःशुल्क सेवाहरू प्रदान गर्दै आएका छौं,’ दाहालले भने।

सिंगो कुटीको ११ हजार, एउटा कोठाको सात हजार र एउटा मात्रै बेड प्रयोग गर्न चाहनेको लागि ३५ सय लिइने गरेको प्रतिष्ठानले जनाएको छ। यसमा आवास, भोजन र स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रतिष्ठानका अध्यक्ष दाहालले बताए। आश्रममा करिब २२ जना ज्येष्ठ नागरिक छन्।

आश्रममा प्रांगारीक भोजन गृह, जेरियाट्रिक अस्पताल, योगध्यान केन्द्र, आध्यात्मिक केन्द्र, प्राकृतिक उद्यान तथा पार्क र खेल मैदान सहितको नमुना गाउँ छ।

प्रतिष्ठानका अध्यक्ष दाहालले प्रतिष्ठानले गरिबी निवारण र रोजगारीमा सघाउ पुर्‍याउने उद्देश्यले दीर्घकालीन कृषि योजना, सहयोग कार्यक्रम, ओखलढुंगाको साझेदारीमा जिल्लाको बेतिनी र सल्लेरी तथा बरुणेश्वरको विभिन्न वडाहरूमा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

प्रतिष्ठाले आफूले उपयोग गर्ने धान खेती, अन्नबाली, तरकारी बीउबिजनका साथै गाई पालनबाट प्रशस्तरूपमा दुग्धजन्य पदार्थ आफै उत्पादन गरी उपयोग गर्ने गरेको छ। ‘हामीलाई यहाँ बाहिरबाट धेरै खाद्यवस्तु किन्दैनौं। हामीले बरु यहाँ उत्पादन गरी बढी भएका खाद्य पदार्थ बिक्री गर्ने गरेका छौँ,’ दाहालले भने।

Share This: