शुक्रपथले मनायो नवौं स्थापना दिवस (फोटाे फिचर)

काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले नवौं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा सहकारीले रक्तदान, स्रस्टा सम्मान तथा विभिन्न प्रतियोगिता आयोजना गरेको थियो ।

 

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए । लगानीका लागि बैंकले सघाउने उनको भनाइ छ । रचनात्मक काम गरेमा खुसी व्यक्र गर्दै गुणस्तरीय र दिगो सहकारी बनाउन ध्यान दिनुपर्ने बताए ।

 

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिनाले बहुउद्देश्यीय सहकारी विविध क्रियाकलापमा लाग्नुपर्ने बताए ।

 

जिल्ला सहकारी संघ काठमाडौंका महासचिव खेमराज सुवेदीले सहकारीले रचनात्मक काम गरेर सहकारीमा लाग्दै आएको आरोप हटाउन सकिने बताए । सहकारीका कममजोरी हटाउन संस्थाले रचनात्मक काम गर्नुपर्ने उनको भनाइ छ ।

 

शुक्रपथ सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत नरेन्द्र विष्टले स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो ।

 

वार्षिक उत्सवको अवसरमा संस्थाले धुर्मुस सुन्तली फाउन्डेसनलाई झण्डै चार लाख सहयोग हस्तान्तरण गरेको छ । संस्थागत एक लाख ५१ हजार एक सय ११ र कर्मचारी तथा सञ्चालक, शेयर सदस्यबाट दुई लाख भन्दा बढी संकलन गरी धुर्मस सुन्तली फाउन्डेसनलाई सहयोग गरिएको विष्टले जानकारी दिए ।

 

सो अवसरमा बोल्दै सीताराम कट्टेल(धुर्मुस)ले सबैको सहयोगबाट देश निर्माणमा इटा थपिने बताए ।

 

कुञ्जना घिमिरे (सुन्तली) ले सहकारीमार्फत आर्थिक विकास गर्न सकिने बताइन् । समाजमा नैतिकता हराउँदै गएको भन्दै उनले सहकारिताले नैतिकताको पाठ सिकाउने बताइन् ।

स‌ंस्थाका अध्यक्ष निरहरि उपाध्यायकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सजञ्चालक मधुकर वाग्लेले स्वागत गरेका थिए ।

Share This: