धुर्मुस सुन्तली फाउन्डेसनलाई शुक्रपथको झण्डै चार लाख सहयाेग

 काठमाडौ‌ं । शुक्रपथ बहुउदेश्यी सहकारीले वार्षिक उत्सवको अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई झण्डै चार लाख सहयोग हस्तान्तरण गरेको छ ।

संस्थागत एक लाख ५१ हजार एक सय ११ र कर्मचारी तथा सञ्चालक, शेयर सदस्यबाट दुई लाख भन्दा बढी संकलन गरी धुर्मस सुन्तली फाउन्डेसनलाई सहयोग गरिएको विष्टले जानकारी दिए ।

 

सो अवसरमा बोल्दै सीताराम कट्टेल(धुर्मुस)ले सबैको सहयोगबाट देश निर्माणमा इटा थपिने बताए ।

 

कुञ्जना घिमिरे (सुन्तली) ले सहकारीमार्फत आर्थिक विकास गर्न सकिने बताइन् । समाजमा नैतिकता हराउँदै गएको भन्दै उनले सहकारिताले नैतिकताको पाठ सिकाउने बताइन् ।

Share This: