शुभलक्ष्मी सहकारीको २१ स्थापना दिवस

झापा । शुभलक्ष्मी सहकारी संस्था गौरादहले २१ औं स्थापना दिवश भव्यताका साथ सम्पन्न गरेको छ । ब्यबस्थापक तिलक बहादुर कार्कीले स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश कार्कीले संस्थाको प्रगति विवरण सहित आव ०७५र०७६ चैत्र मसान्त सम्मको आर्थिक विवरण प्रस्तुत गरका थिए । संस्थामा हाल सम्म २ हजार ७ सय ९० जना शेयर सदस्य रहेका छन् ।

त्यस अवसरमा संस्थाका जेष्ठ सदस्य चुडा वहादुर बस्नेत र जमुना गिरी, पुर्व सञ्चालक समिति सदस्य उर्मिला कार्की, राम प्रसाद सिटौलालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । संस्थाको सहकारी पसलबाट नियमित सामान खरिद गर्ने सदस्यहरु मञ्जु भट्टराई, सरिता भट्टराई, जय वहादुर कार्की र सिता थापालाई पुरस्कृत गरिएको थियो ।

संस्थाले गौरादह नगरपालिका भित्र रहेका २ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । कप्तानबारी आधारभुत विद्यालय र श्री कञ्जन्जङ्गा आधारभुत विद्यालयलाई २५÷२५ वटा व्याग वितरण गरेको थियो । अन्तरास्ट्रिय सहकारी महासङ्घ, ग्लोबल बोड सदस्य तथा राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष ओम देवी मल्लको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका सल्लाहकार शुरेशबहादुर पौडेल, नेकपा गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले, नेपाली कांग्रेस गौरादह नगर सभापती यादवराज सेढाई, झापा जिल्ला सहकारी संघ लि। का सङ्चालक अर्जुन दङ्गालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमचन्द्र घिमिरे -राजु )ले गरेका थिए ।

Share This: