‘सहकारी ब्यवस्थापन तालिम सुरु’

बैशाख ३०, नेपालगंज । राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको आयोजना तथा हेफर इन्टरनेशलनको बित्तिय सहयोगमा बाँकेको नेपालगंजमा ३ दिवसिय सहकारी ब्यवस्थापन तालिम सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन बैंकका संचालक सदस्य तथा ५ नम्वर प्रदेश संयोज बिजया धितालको अध्यक्षता तथा हेफर इन्टरनेशनल कार्यक्रम अधिकृतहरु शरद पोख्ररेल र जगत चौधरीको आतिथ्यतामा होटल रोयल प्यालेस नेपालगंजमा सुरु भएको छ । बाँके,सुर्खेत र सल्यान जिल्लाका सहकारीका संचालकहरु, कर्मचारीहरु, परियोजना संयोजक तथा सहकारीक क्षमता बिकास सहर्जकर्ता (सि.सि.वि.एफ.) गरी ३० जनाको सहभागिता रहेको छ । तालिमलाई राष्ट्रिय सहकारी बैंकका प्रशक्षिक नारायण बेल्वासेले सहजिकरण गर्नु भएको छ भने कार्यक्रम जेष्ठ १ गते सम्म सञ्चालन हुनेछ।

Share This: