यस्तो छ घोषणपत्र

 काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको एकीकरण गर्न निर्देशन दिएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को आयोजनामा काठमाडौंमा आयोजित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीको अवसरमा बोल्दै मन्त्री अर्यालले बचत सहकारी फर्मको विकल्प नभएको बताइन् ।

बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवस्थापनका लागि छिट्टै बचत ऋण सहकारी ऐन ल्याउने विषयमा मन्त्रालयले छलफल चलाइरहेको उनको भनाइ छ । सहकारी मन्त्रालय र विभागको साझेदारीमा नेफ्स्कूनले बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण गर्न मन्त्री अर्यालको भनाइ छ ।

‘अब नेफ्स्कूनसँग जोडिएका बचत तथा ऋण सहकारी संस्थाहरु स्वयं बढी जिम्मेवार हुनुपर्छ’ उनले भनिन् । सहकारी मन्त्रालयले सहकारी एकीकरणको विषयलाई व्यवहारिक रुपमै पूर्णतः लागु गर्न निर्देश गरिसकेको भन्दै उनले बचत ऋण सहकारीको संख्यालाई सानो, गुणस्तरीय र सुरक्षित बनाउन निर्देशन दिइन् ।

देशभरका सहकारीका ५२५ सहकारीका व्यवस्थापकहरु काठमाडौंमा भेला भएका छन् । सहकारी व्यवस्थापनका असmल अभ्यास सिक्न साकोस प्रमुखहरु काठमाडौंमा भेला भएका हुन् ।

 

साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७६साझा प्रतिवद्धता–पत्र नेपालको साकोस अभियान स्वस्थ, सुरक्षित, सु–शासित एवं प्रविधिमैत्री बनाई नीति, विधि र प्रविधिको उच्चतम प्रयोगका साथै जिम्मेवार व्यवस्थापकीय नेतृत्वबाट मात्र समावेशी आर्थिक विकास गर्न सकिन्छ भन्ने सोचका साथ “समावेशी आर्थिक विकासका लागि जिम्मेवार व्यवस्थापकीय नेतृत्व” भन्ने नारा तय गरी नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापन सहकार्यमा नेफ्स्कूनद्वारा आयोजित साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७६ ले साकोस एकरुपता प्रणालीमार्फत वित्तीय पहुँच विस्तार गरी समुदायको समावेशी आर्थिक विकास, गरीवी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध नेपाल सुखी नेपालीको उच्च संकल्प र प्रतिवद्धतासहित देहायका ६ सुत्रीय साझा घोषणापत्र जारी गर्दछौं । 
सदस्यको आवश्यकता, क्षमता र सम्भावनाको पहिचान गरी वस्तु तथा सेवाको विविधिकरण, बजारिकरणमा स्पष्ट नीति, विधि , प्रविधि र अभ्यासको अबलम्बन गरी गुणस्तरीय सञ्चालन मार्फत साकोस अभियानको समग्र छवी र ब्राण्ड व्यवस्थापन गर्न प्रतिवद्ध छौंं ।

२. साकोसमा नियमित जोखिम परीक्षण गर्न स्थिरीकरण कोषमा आवद्ध भई क्षमताको आधारमा गुणस्तर सुनिश्चितताको स्तरीकरण कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउनेछौं ।

३ संस्थाको संस्थागत दीगो विकासको लागि जनसम्पर्कमा व्यवसायिकता र उत्तराधिकारी निर्माण योजना विकास गरी कार्यान्वयन मार्फत वित्तीय क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय नेतृत्व विकास गर्न प्रतिबद्ध छौं ।

४. संस्थाको मानवीय पूँजिमा आउनसक्ने जोखिम व्यवस्थापन गर्न संस्थाका सदस्यहरु एवं संस्थामा कार्यरत कर्मचारीहरुको नियमित परीक्षणको लागि प्लयध थ्यगच ःझदभचकरभ्mउयिथभभक (प्थ्ःरभ् (पहिचान प्रणाली) लागू गर्न नेफ्स्कूनले विकास गरेका औजारहरु अबलम्बन गर्न प्रतिबद्ध छौं ।

५ नेफ्स्कूनले अभियानको समग्र प्रणाली व्यवस्थापनको लागि औजार विकास गर्ने र सोको अवलम्वन साकोसतहमा गर्न हामी आयोजक र सहभागीहरु प्रतिवद्ध छौं ।

नेफ्स्कूनले प्रवद्र्धन गरेको विद्युतीय समाधानलाई हरेक संस्थामा आन्तरिकीकरण गर्न तत्परता जनाउँछौं ।

नेप्mस्कूनद्वारा आयोजित व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीका सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिक रुपमा मनन् गर्दै यो प्रतिवद्धता पत्र जारी गर्दछौं ।
२०७६ जेष्ठ १७ गते, होटल सोल्टी क्राउन प्लाजा

Share This: