सुर्खेतमा नेकोसप्लस सफ्टवयर तालिम तथा अन्तरक्रिया सम्पन्न

सुर्खेत र दैलेखका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि दुई दिवसीय नेकोसप्लस सफ्टवयर तालिम प्रदान गरिएको छ ।

संघले उत्पादन गरेको नेकोसप्लस सफ्टवयर प्रयोग गरिरहेका र प्रयोग गर्न बाँकी बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी अन्तरक्रिया तथा तालिमको आयोजना गरिएको थियो ।

तालिमको उद्घाटन गर्दै नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य ओम प्रकाश सुवेदीले आजको युग प्रविधिको युग हो, सवैले कार्यालयीय बातावरणलाई प्रविधिमैत्री बनाउँदै लैजाने हो भने कर्णाली प्रदेशलाई पनि पेपर रहित र प्रविधियुक्त बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

उहाँले बचत तथा ऋण सहकारीको एक मात्र केन्द्रीय संघ नेफ्स्कूनले सञ्चालनमा ल्यायको सफ्टवयर नै सहकारीहरुका लागि सबैभन्दा सजिलो, विश्वसनिय रहेको बताउँदै अब सबै बचत तथा ऋण सहकारी संस्थाहरुले नेकोसप्लस सफ्टवयर जडान गरी सुरक्षित र गुणस्तरीय कारोबार मार्फत एकरुपता कायम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

साथसाथै नेकोसप्लस सफ्टवयर प्रोगकर्ता संस्थाका व्यवस्थापन प्रमुखहरुसंग पनि अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो । तालिम तथा अन्तरक्रिया कार्यक्रम सहजिकरण नेफ्स्कूनका सुचना प्रविधि अधिकृत राजन सुवेदी र सुर्खेत फिल्ड कार्यालय इन्चाज छत्र प्रसाद धमालाले गर्नु भएको थियो ।

अन्तरक्रियाका क्रममा सफ्टवयर संचलानका दौरानमा आइपरेका समस्याहरु र सुधार गर्नु पर्ने पक्षहरुको बारेमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा सुर्खेत र दैलेखका गरी १४ संस्थाबाट साकोस प्रतिनिधिहरुको सहभागिता रहेका थियो ।

Share This: