सयपत्री साकोस एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी

नवलपरासी सुनवल नगरपालिका बर्दघाट सुस्ता पश्चिम नवलपरासीस्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था नेफ्स्कून र एसियाली ऋणमहासंघद्वारा प्रबर्द्धित साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम अन्तर्गत एक्सेस (ACCESS) ब्राण्डिङ कार्यक्रममा आबद्ध भएको छ ।

संस्थाले सहकारी विभाग र नेफ्स्कुनकाे संयुक्तरुपमा सञ्चालित प्राेबेसन कार्यक्रममा बिगत २ वर्षअघि सहभागी भई गुणस्तरीय ब्रान्ड प्राेबेसन प्राप्त गर्न सफल भयकाे छ । सयपत्री साकोसमा आयोजित एक कार्यक्रमका बीच नेफ्स्कूनका सञ्चालक कृष्णप्रसाद नेपाल, बरिस्ठ कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिना, फिल्डकार्याल बुटवल प्रमुख राधाकुमारी पाेखरेल साकोसका अध्यक्ष कृष्णप्रसाद पाैडेल, सचिव नारायण पाैडेल काेषाध्य कमला थापा सञ्चालक समितिका सदस्यहरु, संस्थाका ब्यवस्थापक टिकाराम तिमिल्सिना लगायत कर्मचारीहरुको उपस्थितिमा एक्सेस कार्यक्रम आबद्धतामा द्विपक्षिय सम्झौता सम्पन्न भएको हो ।

२ हजार सदस्यहरुमा वित्तीय सेवा प्रवाह गरिरहेको उक्त संस्थाको कुल कारोबार २६ कराेड ४५ लाख रहेको छ । एक्सेस कार्यक्रम एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्देश्यसहित नेफ्स्कूनले वि.सं. २०६३ सालदेखि सञ्चालनमा ल्याएको कार्यक्रम हो ।

एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाई तथा बृद्धि पक्षको अनुगमन गर्दछ । साकोस व्यवसायमा रहेको जोखिम विश्लेषण गरी स्व व्यवस्थापनको माध्यमबाट संस्थालाई सुरक्षित गर्न, गुणस्तर सुनिश्चितता गर्न, दीगो संस्थागत विकास गर्न, व्यवस्थापन र व्यावसायिकता अभिबृद्धि गर्नका लागि संघले स्थलगत रुपमा सहजीकरण सेवा उपलब्ध गराउँदै आईरहेको छ । हाल ६० बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध छन् भने यी मध्ये २० वटा एशियाली मापदण्डमा प्रमाणीकरण भईसकेका छन् ।

Share This: