स्थानीय तहलाई सहकारी प्रवद्र्धनमा ध्यान दिन आग्रह

बागलुङमा सञ्चालित सहकारी व्यवस्थापन तालिम सम्पन्न

बागलुङ ।   भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले बागलुङमा आयोजना गरेको ६ दिने सहकारी व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।   सहकारी अभियानमा क्रियाशिल सञ्चालक तथा व्यवस्थापक र स्थानीय तहमा सहकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गरी सहकारीको प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यका साथ तालिम आयोजना गरिएको थियो ।

तालिममा समापनका क्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी कृष्णराज गौतमले स्थानीय तहको आर्थिक विकासका लागि सहकारीहरुसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनु भएको छ ।   सहकारीमार्फत स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरी स्थानीयवासीलाई आर्थिक रुपमा सबल गराउनका लागि सहकारी र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको भन्दै उहाँले सहकारीलाई वेवास्ता गरेर स्थानीय तहले समृद्धिको अभियान सफल पार्न नसक्ने बताउनु भयो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. नारायण शर्मा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी., नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघ बागलुङका कोषाध्यक्ष अञ्जु जि.सी, सहभागीका तर्फबाट धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष डिलबहादुर कार्की र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको तर्फबाट ललिता पुनले मन्तव्य राख्नु भएको थियो ।

 

तालिममा सहकारीको अवधारणा, मूल्य, मान्यता र सिद्धान्त, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारी र अन्य व्यवसायबीच भिन्नता, नेतृत्व विकास र सहकारीमा सञ्चालकको भूमिका, सहकारी ऐन कानुन, सुशासन, स्वनियमन, सञ्चालक र लेखा समितिको भूमिका, पल्र्स अनुगमन पद्धती, सहकारी संस्था एकीकरण र विघटन, सहकारीमा योजना तर्जुमा, सम्पत्ती सुधिकरण, सहकारी तथा गरिवी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

 

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराका अधिकृत विक्रम सुवेदी र अम्बिका गौतमले सहजीकरण गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रम मन्त्रालयका अधिकृत विक्रम सुवेदीको अध्यक्षता र सहभागी रमाकान्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।   तालिममा बागलुङका १० वटा स्थानीय तहमा सहकारी शाखा हेर्ने कर्मचारी तथा विभिन्न सहकारी संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी र व्यवस्थापक गरी ३० जनाको सहभागिता रहेको थियो ।

Share This: