निति तथा कार्यबिधि निमार्ण कार्यशाला सम्पन्न

बर्दिया  । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राबिधक सहयोग, हेफर इन्टरनेशलनको बित्तिय सहयोगमा सिलसिला सामाजिक उधमि महिला सहकारी संस्था लिमिटेड डेउढाकला, बर्दियाको ३ दिवसिय निति तथा कार्र्यिबधि निमार्ण कार्यशाला तालिम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गंगा थारुको अध्यक्षता बासगढी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष गंगाराम थारुको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा प्रशिक्षक नारायण बेल्वासे, हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत प्रदिप शर्माको आतिथ्यतारहेको थियो । उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, उपसमिति सदस्यहरु, कर्मचारीहरु, हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत प्रदिप शर्मा र सहकारी क्षमता अभिबृद्धि सहजकर्ताहरु राजकुमारी चौधरी गरी ४४ जनाको सहभागिता रहेको छ ।

कार्यक्रमको समापन समारोहमा सहभागिको तर्फ बिष्णा पाण्डेले बोल्दै कार्यशाला निकै फल दाइ भएको बताउदै ३ दिनको यो कार्यक्रमले आफनो सोचने सैलि नै फरक भएको बताउदै यो कार्यक्रम वाट संस्थालाई संचालन गर्ने नितिहरु निमार्ण भएको बताउदै संस्थालाई अव बिवेक भन्दा पनि बिधि वाट संचालन गर्ने बताउनु भएको थियो ।

कार्यक्रमवाट संस्थाको विनियम संसोधन मस्योदा, बचत निति, ऋण ब्यवस्थापन निति, मानव संसाधन ब्यवस्थापन निति, आर्थिक प्रशासन निति, सदस्यता प्रदान निति, परिवार हित कोष ब्यवस्थापन निति, निवार्चन निर्देशिका, बजार ब्यवस्थापन निदेर्शिका र कोष ब्यवस्थापन तथा परिचालन नितिहरु निमार्ण गरीने छ ।

समापन समारोह सहकारी सहर्जकता राजकुमारी चौधरीको संचालनमा भएको थियो भन्ने कार्यक्रम राष्ट्रिय सहकारी बैंकका प्रशक्षिक नारायण बेल्वासेको सहजिकरणमा समपन्न भएको छ ।

Share This: