विधेयकहरूलाई सहकारीमैत्री बनाउन मन्त्रालयले पहल गर्ने; मन्त्री खनाल

२०७६ श्रावण २६ गते राष्ट्रिय सहकारी महासंघ का अध्यक्ष केशव बडालको नेतृत्वमा गएको टोलि र प्रतिनिधिमण्डल बिच छलफल कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल, सोही मन्त्रालयका सचिव डा. युवकध्वज जि.सी, सहसचिव रघुराम विष्ट, महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, उपाध्यक्ष ओमदेवी मल्ल आइसिएका सन्चालक गोविन्द वाराकोटी, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा लगाएतका व्यक्तिहरूको उपस्थिति थियो ।

उक्त कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री खनालले कृषि तथा पशुपंक्षी विकासका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सहकारी मार्फत कार्यान्वयन गर्नका लागि ऐनहरू सहकारीमैत्री हुनुपर्ने कुरा बताउनुभयो । उहाँले कृषि मन्त्रालयबाट पेश भएको विधेयकहरूमध्य संसदबाट ३ वटा पारित भएको र अन्य थप ५ वटा विधेयकहरूको सम्बन्धमा छलफल भैरहेकोमा ती विधेयकहरूलाई सहकारीमैत्री बनाउन मन्त्रालयले पहल गर्ने र ती ऐनहरू सहकारीमैत्री भएमा मन्त्रालयबाट बन्ने नीति, रणनीति, तथा कार्यविधि स्वत सहकारीमैत्री बन्ने धारणा राख्नुभयो, त्यसका लागि उहाँले महासंघलाई पनि अध्ययन गरी सुझाव दिन अनुरोध गर्नुभयो ।

त्यस्तै महासंघले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सहकारीमार्फत कार्यान्वयन हुनुपर्ने, कालीमाटी तरकारी तथा फलफूल बजारको ३० प्रतिशत स्टल सहकारी संस्थालाई उपलब्ध गराउनुपर्ने, अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत बिक्री गर्नुपर्ने कुरा उठाएको थियो ।

मन्त्री खनालले रासायनिक मल बिक्री वितरणका लागि सहकारी संस्थालाई नै प्राथमिकता दिइरहेको र कृषि उत्पादक्त्व वृद्धिका लागि सरकारले अनुदान दिने मलमा ६७ प्रतिशत सम्म अनुदान भएको हुदा वास्तविक किसानले सजिलै मल पाउनुपर्ने र त्यसका लागि अनुगमन गर्ने कुरामा आफूले जोड दिएको स्पष्ट पार्दै पत्रपत्रिकामा भ्रामक समाचार आएको कुरा व्यक्त गर्नुभयो ।

Share This: