सहकारी सन्दर्भ ब्याजदर सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने

मिति २०७६ श्रावण २८ गते “सहकारी सन्दर्भ ब्याजदर सम्बन्धी” विषयमा चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आयोजनामा काठमाडौं, सतुंगलमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । बिहान ११ बजेबाट सतुंगलको चन्द्रागीरी पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना हुनेछ ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको मिति २०७६ श्रावण १६ को निर्णय वमोजिम सहकारी ऐन,२०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा मिति २०७६ श्रावण १९ गतेदेखि लागुहुने गरी सहकारी संस्थाहरूले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशतमा नबढ्ने तथा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको छ ।

सोही व्यवस्थाको सहकारीकर्मीहरुले चर्को विरोध गरिरहेका छन् । यहि विषयहरूलाई लिएर जिल्लाका संघहरूको अयोजनामा काठमाडौं र ललितपुरमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

Share This: