१ दिने सिकाई आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न

जिल्ला सहकारी संघ वर्दियाको आयोजना तथा राष्ट्रिय सहकारी महासंघ लि. को समन्वय तथा जर्मन सहयोगमा २०७६ श्रावण २३ गते वर्दियाको गुलरियामा १ दिने सिकाई आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न भएको थियो ।

सहकारी संघ संस्थाद्वारा सम्पादन भएको राम्रा क्रियाकलापहरू, सिकाई तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजना भएको उक्त गोष्ठीमा प्रदेश न. ५, कर्णाली र सुदुरपश्र्चिम प्रदेश स्थित सातै वटा जिल्ला सहकारी संघहरूका अध्यक्ष, उपाध्यक्ष, सचिव, लेखा समिति र व्यवस्थापक कर्मचारीहरूको उपस्थिति थियो ।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले अफ्नो जिल्ला सहकारी संघले गरेका अनुकरणीय कार्य, अघिल्लो वर्षको कार्यप्रगति विवरण, आवद्ध संस्थाहरूलाई प्रदान गरेका सेवाहरू, सिकाइ तथा असल अभ्यासहरू, संघका चुनौति र अवसरको बारेमा आफ्ना कुराहरू प्रस्तुत गरेका थिए । राष्ट्रिय सहकारी महासंघको समन्वयमा सहकर्मी विच आपसी सिकाई आदान प्रदान गर्ने तथा सहकारीका समसामयिक सवालहरूको सामूहिक समाधान को लागि पहल गर्ने साझा मन्चको रूपमा सिकाई आदान प्रदान गर्ने कार्यशाला को अभ्यास विगतका वर्षहरूबाट नै हुदै आएको छ । आगामी सिकाई आदान प्रदान गोष्ठी जिल्ला सहकारी संघ रूपन्देहीले आयोजना गर्ने जानकारीका साथ कार्यक्रम सम्पन्न भएको थियो

Share This: