व्यवसायिक साक्षरता तालिम सम्पन्न

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यावसायिक साक्षरता सम्बन्धि कार्यक्रम आइतबार सम्पन्न भएको छ । उद्धमशिलता प्रर्वद्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको तालिममा ३९ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

तालिममा सहभागिहरुलाई व्यवसाय संचालन गर्न आवश्यक पर्ने विषय हरुका बारेमा प्रयोगात्मक तरिकाबाट प्रशिक्षण दिइएको थियो । व्यवसाय गर्दा लिनुपर्ने जोखिम, आफ्नो व्यवसायलाई बजारमा कसरी विकास विस्तार गर्ने , वित्तिय व्यवस्थापन र व्यवसायिक योजना कसरी बनाउने भन्ने विषयमा यस तालिमले ज्ञान दिएको सहभागिहरुले आफ्नो धारणा राखेका थिए । तालिममा सहभागी भएका व्यक्तिहरुले आफ्नो व्यवसायिक योजना बनाइ पेश गरेमा संस्थाले आवश्यक प्राविधिक र वित्तिय सहयोग गर्ने संस्थाका कार्यकारी अधिकृतले जनाएका छन् ।

Share This: