नेफ्स्कूनले देशै भरी कार्यक्रम गरी मनायो ३२औँ स्थापना दिवस

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्सकूनले साउन ३१ र ३२ गते विभिन्न कार्यक्रमहरु गरी आफ्नो ३२औँ स्थापना दिवस मनाएको छ । नेफ्स्कून केन्द्रिय कार्यालयले हिजो राजधानीमा ३२औँ स्थापना दीवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम गरेको थियो । नेफ्स्कूनका पूर्वसञ्चालक, पूर्व कर्मचारीका साथै सहकारी अभियन्ताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सहकारी मन्त्री पद्मा कुमारी अर्याल प्रमुख अतिथि थिइन् । मन्त्री अर्यालले सहकारी अभियानका कमीकमजोरीहरूलाई सुधार गरेर मर्यादित बनाउनु पर्नेमा जोड दिदै भनिन्, ‘ऐननियमका कारण तपाईहरूलाई कुनै काम गर्न अप्ठेरो परेको भए छलफल बाट समाधान खोज्न सकिन्छ ।’ सहकारीको संख्या घटाएर ५ हजार पुर्‍याउने गरी मर्जर अभियान थाल्ने मन्त्री अर्यालको भनाई थियो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेफ्स्कूनले सहकारीको स्तरीकरणमार्फत विश्वमै नेपालको सहकारीलाई चिनाएको भनि प्रशंसा गरे । नेपाली काँग्रेस संघिय संसदका प्रमुख सचेतक बालकृष्ण खाँडले सहकारीले अर्गानिक खेतीलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् निवर्तमान सहकारी विभाग प्रमुख पशुपति चौलागाईँले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेफ्स्कूनले सहकारी क्षेत्रलाई सुधार गर्ने थुप्रै कार्यक्रमहरूमा राज्यसँग सहकार्य गरेकोमा प्रशंसा व्यक्त गरे । नेफ्सकूनका अध्यक्ष डि.बी बस्नेतले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लाग्न केहि ऐनहरू बाधक रहेकोले ती ऐन संशोधन गर्न मन्त्रालयको ध्यानआकर्षण गराए । त्यसैगरी बस्नेतले मर्जरका लागि स्थानिय तह, प्रदेश र केन्द्रका सहकारी विभागलाई वार्षिक लक्ष्य तय गरिदिनुपर्ने सुझाव व्यक्त गरे । नेफ्सकूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले स्वागत मन्तव्यका क्रममा विश्व ऋण परिषद्को यस वर्षको नारा “स्थानिय सेवा, भूमण्डलिय पहुँच (Local Service, Global Reach) नेपालको सहकारी अभियानको समेत आवश्यक्ता भएको बताए । नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले गत वर्षदेखी सबै फिल्ड कार्यालयहरूमा स्थापना दिवसको कार्यक्रम मनाइने गरिएको र यसबाट सदस्य संस्थाहरूलाई नेफ्स्कूनप्रति अझ बढि अपनत्व महशुस भएको बताए ।

स्थापना दीवसका अवसरमा फलफूलका विरूवा रोपिए

नेफ्स्कून भवन परिसर नयाँ बानेश्वरमा स्थापना दीवसका अवसरमा फलफूलका विरूवा रोपिए । नेफ्स्कून वृक्षारोपणमा नेफ्सकूनका अध्यक्ष, महासचिवका साथै कर्मचारीहरूको सहभागिता रहेको थियो । स्थापना दिवसका अवसरमा सम्भव भएसम्म सबै ठाउँमा बृक्षारोपण गर्न नेफ्स्कूनका अध्यक्ष डी.बी बस्नेतले आह्वान गरे । साथै उनले यस वर्ष आफ्नै जमिन भएका संस्थाहरूलाई कम्तिमा दुईवटा फलफूलका बोट रोप्न अनुरोध समेत गरे । नेफ्सकून जनकपुर फिल्ड कार्यालयको आयोजनामा प्रदेश सभा सांसद रामाशिष यादव एवम् स्थानिय सामाजिक अभियन्ताको सहभागितामा जनकपुर विमानस्थल परिसरमा पनि वृक्षारोपण गरिएको नेफ्सकूनका कोषाध्यक्ष केशव पोखरेलले जानकारी दिए ।

कतै केक काटियो कतै बत्ति बालियो   

स्थापना दिवसको अवसरमा नेफ्सकूनको २५ वटै फिल्ड कार्यालयमा पावरपोइन्ट प्रेजेन्टेशन सहित शुभकामना कार्यक्रम मनाइयो । कुनै फिल्ड कार्यालयमा केक काटेर ‘ह्याप्पी बर्डडे टु नेफ्स्कून’ भन्दै सहभागी सदस्यहरूले शुभकामना व्यक्त गरेका थिए भने कुनै फिल्ड कार्यालयमा विरूवा पानी हालेर र कुनैमा बत्ति बालेर स्थापना दीवसको कार्यक्रम आरम्भ गरिएको थियो । फिल्ड कार्यालयहरूमा उत्कृष्ट कार्यवापत सदस्य संस्थाहरूलाई कदरपत्र वितरण समेत गरिएको थियो । आज चितवन तनावग्रस्त भए पनि भव्य उपस्थितिमा चितवन फिल्ड कार्यालयको कार्यक्रम सम्पन्न भएको नेफ्स्कून सञ्चालक एवम् फिल्ड कार्यालय चितवनकी संयोजक शान्ति अधिकारीले बताइन् । त्यसैगरी सर्लाहीमा पनि उत्साहजनक सहभागीतामा स्थापना दीवसको कार्यक्रम सम्पन्न भएको लेखा सुपरीवेक्षण समिति सदस्य सुभद्रादेवी महत्तोले बताइन् ।

स्थापना दीवसका अवसरमा पुरस्कार एवम् सम्मान घोषणा

स्थापना दिवसका अवसरमा नेफ्सकूनले विभिन्न १२ विधामा २५ व्यक्ती तथा संस्थालाई पुरस्कार एवम् सम्मानको घोषणा गरेको छ । सम्मानित हुने व्यक्ती र संस्था यस प्रकार रहेका छन् :
क. संस्थापक अध्यक्ष पुरस्कार: महिला- ज्ञानु पौडेल रुपन्देही, पुरुष- रामहरि के.सी. काभ्रे
ख. नेफ्स्कून सर्वोत्कृष्ट साकोस
१. सर्वोत्कृष्ट साकोस: कल्याणकारी साकोस ललितपुर
२. सर्वौत्कृष्ट साकोस (महिला): सक्रिय महिला साकोस मकवानपुर
ग. नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस
प्रदेश १: सुन्दरपुर साकोस मोरङ्ग
प्रदेश २: नन्देश्वर महिला साकोस सर्लाही
प्रदेश ३: नवजागरण साकोस मन्थली
गण्डकी प्रदेश:   पोखरा रोयल साकोस   पोखरा
प्रदेश ५: सामूहिक विकास साकोस रुपन्देही
कर्णाली प्रदेश: विरेन्द्रनगर साकोस सुर्खेत
सुदुरपश्चिम प्रदेश: जीवनज्योति साकोस वैतडी

घ. नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान
महिला: हुमा डि.सी., दाङ
पुरुष: सुवर्ण कुमार कर्माचार्य, काठमाडौं

ङ. उत्कृष्ट जिल्ला वचत तथा ऋण सहकारी संघ
सर्वोत्कृष्ट जिल्ला संघ: बारा जिल्ला वचत संघ, बारा
च. नेफ्स्कून विद्धता पुरस्कार
लिलाधर तिवारी, पि.एच.डि सुर्खेत
छ. नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कार
Centre for International Cooperation and Training in Agricultural Banking (CICTAB) – ( सिक्ट्याब, भारत)

ज. नेफ्स्कून पत्रकारिता पुरस्कार
कृष्णचन्द्र वस्नेत, क्लासिक एफ.एम. ललितपुर
झ. नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कार
नेपालको साकोस अभियानको उत्कृष्ट व्यवस्थापक (कोलिय देवदह साकोस) विनोद पराजुली रुपन्देही
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) उत्कृष्ट कर्मचारी मनोज कार्की
ञ. नेफ्स्कून प्रशंसा पुरस्कार
नेकोस प्लस सफ्टवेयर: लालीगुँरास साकोस, मोरङ्ग, बेलबारी
उत्कृष्ट वचतकर्ता: जनकल्याण साकोस लमजुङ
उत्कृष्ट सेयर खरिकर्ता: सामूदायिक साकोस, काभ्रे
लघुवित्त: ज्योति मिर्मिरे साकोस, काभ्रे

ट. अनुकरणीय उच्चस्तरको प्रविधि प्रयोग
विकु साकोस नवलपरासी
ठ. साकोस एकिकरण अभियानमा उत्कृष्ट
मिलिजुली साकोस दोलखा

Share This: