विदेशीयका युवाहरुलाई स्वदेशमा नै काम दिन सक्षम छ सहकारी : भरत प्रसाद आचार्य

सरकारले सहकारीहरूलाई नियमित नियमन गरी अन्तराष्ट्रिय सहकारी मुल्य मान्यता अनुसार सहकारी मार्फ़त देशको अर्थतन्त्रको एक खम्बाको रुपमा रहेको संस्थालाई स्वतन्त्र रुपमा चलाउन दिई खराब नियतले चलाउने सहकारीहरुलाई हदै सम्म कारबाही गर्ने , सहकारीको पैसा लीई नतिरने व्यक्तिहरुलाई पनि हदै सम्म कारबाही गरी कर्जा असुलने कार्यतीर नलागि अनावश्यक नियम बनाएर देश भरिको ३४८३७ वटा सहकारीहरुलाई ५००० माझारने अनि अनुगमन गर्न सजिलो हुन्छ भनी लाचार सहकारी मन्त्रीको विचार सुन्दा लाग्छ यो देशमा जनसंख्या बढ्छ भनि विवाह नगरी ब्रम्हाचारी बस्यो भने जनसंख्या बृद्धि हुँदैन , देश चलाउन सबैतीरबाट सहज हुन्छ,  मन्त्रीहरू पनि यति धेरै के काम ? राज्यको सम्पति धेरै खर्च हुन्छ ।

स्थानीय हजारौं जनप्रतिनिधिहरु के काम एक जना मुख्य सचिव भए पुग्छ । यस्ता अनर्गल अप्रजातान्त्रिक कुरा गरे पछि सुखी नेपाली समृद्ध नेपाल कसरी हुन्छ ? सहकारीहरुलाई सबै सुबिधा दिने हो,स्थानीय सरकारलाई सहकारी चलाउन दिने होइन, नियमन मात्र गर्न दिने हो, राजनीतिक प्रभाब बढ्छ । सरकारले प्रशासन व्यवस्थित गर्न नियम बनाई दिने हो प्रशासन कर्मचारीहरुले चलाउने हो , सरकारले होइन । समृद्ध नेपाल बनाउन ४० प्रतिशत काम तस सहकारीले नै गर्छ यदि सरकारले सहकारीहरुलाई संगसँगै लैजान जान्यो भने , विदेशीयका सबै युवाहरुलाई स्वदेश बोलाए काम दिन सक्षम छ सहकारी । सरकार र जनता मिलेर पो जानू पर्छ कताच्छे गर्ने होइन ? एक आपसमा सहयोगी बन्नुपर्छ ।

म भन्छु यदि निष्पक्ष रुपमा काम गर्ने हो भने एक वर्ष मात्र जनताको पीर मर्कालाई ध्यान दिई काम गरौं , सबैतीर भ्रष्टाचार रोकी , भ्रष्टाचार नगरी देश र जनताको लागि काम गरी हेरौंन , हामी पनि साथ दिन्छौं सरकारलाई , आखिर यो देश सरकार, जनता, हामी सबैको हो ।देश नै बिगार्न कोही जनता लाग्दैन । त्यसैले सरकारले जनताको भाबना बुझी काम गरोस , सहकारीहरुलाई सबै किसीमको सुबिधा देओस , नियमन गरोस, सुखी नेपाल बन्छ ।

भरत प्रसाद आचार्य सहकारी अभियन्ता, चन्द्रागिरी नगर बहुउद्देश्यीय समन्वय समितिका सचिवालय सदस्य हुन ।

Share This: