मानव कल्याण साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाले “जोगाऔं थोपा- थोपा गरेर, निकालौं घैला भरेर” भन्ने नाराको साथ भाद्र ७ गते आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गर्यो । संस्थाको अध्यक्ष रीता कुमारी राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पार्वती खाँड प्रमुख अतिथि हुनुन्थ्यो । त्यस्तै विशेष अतिथि वडा.न ३१का वडाअध्यक्ष नारायण प्रसाद भण्डारी , रमिला श्रेष्ठ र सामाजिक अगुवाईहरूको आतित्यथामा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्वती खाँडले सहकारीप्रति महिलाहरूको चासो बढ्नु खुशीको कुरा भएको बताउनुभयो । त्यस्तै रमिला श्रेष्ठले “जहाँ सहकारी हुन्छ त्यहा महिला हुन्छ र जहाँ महिला हुन्छ त्यहा सहकारी हुन्छ” भन्दै महिलाहरूलाई प्रोत्साहन गर्नुभयो ।

७८ प्रतिशत समावेशी महिला सदस्य रहेको मानव कल्याण साकोसले तीज कार्यक्रम गरेर लगभग एक हजार सहभागिताहरूको उपस्थितिमा साधारण सभा सम्पन्न गरेको थियो ।

Share This: