२४ साकोसहरू एक्सेस ब्राण्ड पाउन सफल

बचत तथा ऋण सहकारीको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले एसियाली ऋण महासंघ र विश्व ऋण परिषद्सँगको सहकार्य गरी सञ्चालनमा आएको ACCESS(A-one Competitive Choice for Excellence in Service and Soundness) BRAND अन्तरगत यस वर्ष २४ साकोसहरूले एक्सेस ब्राण्ड पाउन सफल भएका छन् । ब्राण्ड पाउन सफल साकोसहरू मध्य ८ वटा साकोसले रजत र १६ वटा साकोसले कास्य स्तर प्राप्त गर्न सफल भएका छन् ।

यही मिति २०७६ श्रावण देखि भाद्र सम्म एशियाली ऋण महासंघबाट आएका स्वतन्त्र परीक्षकद्वरा विभिन्न ४ विधा (संस्थाको वित्तीय अवस्था, सदस्य दृष्टिकोण, व्यवसायिक सक्षमता र सिकाई एवम् वृद्धि) मा कुल ८६ वटा सूचकको आधारमा अकु र नेफ्स्कूनको प्राविधिक टोलीले एक्सेस अन्तिम परीक्षण गरेको थियो ।

एक्सेस ब्राण्ड पाउन सफल साकोसहरू यस प्रकार रहेको छ ;

क) रजत स्तर (Silver Brand) प्राप्त साकोसहरुः
१. विन्धबासिनी साकोस, काभ्रेपलाञ्चोक
२. जनकल्याण साकोस, धादिङ
३. जनसचेतन साकोस, दोलखा
४. जनउत्थान साकोस, रुपन्देही
५. किसानकल्याण साकोस, सुनसरी
६. मनकामना साकोस मोरङ
७. मिलिजुली साकोस, दोलखा
८. सामुदायिक साकोस, काभ्रेपलाञ्चोक

ख ) कास्य स्तर (Bronze Brand) प्राप्त साकोसहरु

९. बुडोल सामुदायिक साकोस,काभ्रेपलाञ्चोक
१०. चण्डेश्वरी साकोस, काभ्रेपलाञ्चोक
११. दाम्राभिटा साकोस, मोरङ
१२. गैंडाकोट स्वाभिमान साकोस, नवलपुर
१३. ग्रामिण साकोस, नवलपरासी
१४. हाम्रो जनकल्याण साकोस, दोलखा
१५. इटहरा साकोस, मोरङ
१६. किसान साकोस, नवलपुर
१७. कोलिय देवदह साकोस, रुपन्देही
१८. महिला साकोस, सुनसरी
१९. परोपकार साकोस, नवलपुर
२०. श्री बाराही साकोस, भक्तपुर
२१. सिद्धिगणेश साकोस, भक्तपुर
२२. सिको साकोस, बर्दिया
२३. उपकार साकोस, भक्तपुर
२४. विकु साकोस, नवलपुर

एक्सेस ब्राण्ड प्राप्त गर्न सफल साकोसहरुलाई बधाई ।

Share This: