सहकारीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न मन्त्रीको आग्रह

भाद्र २०, काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मिति २०७६ भाद्र १९ गते कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले हरेक सहकारीहरू र सहकारी अभियन्ताहरूलाई उत्पादनका क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अहिले नेपालको अत्याधिक भूमिहरू खालि भएको र यस्तो अवस्थामा समृद्ध नेपाली कसरी हुनसकिन्छ भन्ने विचार व्यक्त गर्नुभयो । समृद्ध नेपाल बनाउनको लागि सहकारी नै एक माध्यम भएको र यस क्षेत्रलाई प्रोत्साहित गर्न कृषि सहकारीलाई कर नै नलाग्ने वे-वस्ता समेत सरकारले गरेको बताउनुभयो । उहाँले सहकारीको पठनपाठन हुने गरी पाठ्यक्रममा सहकारी शिक्षा समावेश गर्न लागेको समेत बताउनुभयो ।

उहाँले सहकारी क्षेत्रमा लागेका पत्रकारहरूलाई सहकारीको बारेमा सत्यतथ्य लेख्न र सहकारी क्षेत्रको विकासको लागि अभियन्ता, राज्यले गर्नुपर्ने कुराहरू समेत समावेश गर्न आर्गह गर्नुभयो ।

नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका अवसरमा पत्रकार सोभित थपलियालाई ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।

त्यस्तै सिजेएन संस्थापक सम्मान नेपाल सहकारी पत्रकार समाजका संस्थापक उपाध्यक्ष एवम् निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, महासंघका उपाध्यक्ष एवम् अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल मेम्बर ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष डीबी बस्नेत, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रशाद चौलागाई, सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

Share This: