हाम्रो मध्यवर्ती साकोसको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

हाम्रो मध्यवर्ती साकोसको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । निर्वाहमुखीभन्दा पनि व्यवसायमुखी भएर कृषि पेशामा लाग्नुपर्नेमा जोड हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको हो । संघिय सभा सदस्य किशोर सिंह राठोर प्रमुख अतिथि रहनु भएको उक्त साधारण सभामा संस्थाका अध्यक्ष नवराज न्यौपानेले अध्यक्षता ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै संघिय प्रतिनिधी सभा सदस्य किशोर सिह राठोरले सहकारी अभियानमा लागिरहेका सहकारीकर्मीहरुलाई सहकारीको बदनाम हुने काम नगर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सहकारी संस्थाले ब्यक्तिगत जिवीको पार्जनमा बचत देखि ऋण र जन्म देखी मृत्यु सम्मका सम्पूर्ण सेवाप्रदान गरेको बताउनुभयो । ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा केन्द्रियकार्यालय रहेको उक्त संस्थाले नगरका विभिन्न ६ स्थानमा सेवा केन्द्रहरु स्थापनागरि सदस्यहरुलाई सेवाप्रवाह गर्दै आएको छ ।

संस्थामा हाल ५ हजार ५ सय शेयर सदस्यहरु रहेका छन् भने संस्थाको कुलपुंजी १९ करोड ५१ हजार ९ सय ५० रुपैया रहेको जनाईएको छ । संस्थाले आगामी वर्ष कुलपुंजीलाई ३० करोड ४ लाख ७१ हजार ६ सय पुर्याउने लक्ष्यलिएको संस्थाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । संस्थाले अहिले सदस्यहरुको जीवनस्तर उकास्नकालागि पहल थाल्दै आएको छ । आर्थिक बृद्धिका लागि संस्थामा आवद्ध सेयर सदस्यहरुलाई तालिम प्रदान गर्ने देखि लिएर महत्वपुर्ण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । समुदायमा बृहत जनचेतनाका कार्यक्रम, सडक दुर्घटनाबाट बच्न इलाकाप्रहरी कार्यालयलाई रोड डिभाइडर हस्तान्तरण तथा नारी एकताशक्ति केन्द्रसगँ सहकार्य गरी महिलाको निशुल्क पाठेघरको क्यान्सरको परिक्षण जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको छ । वन्यजन्तु पिडितलाई राहतकोष स्थापनागरि सेवादिदै आएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै सहकारी शिक्षातालिम, सिपविकास तालिम, सुत्केरी भेटघाट कार्यक्रम, विद्यालयमा हाम्रो मध्यवर्ती लगाएतका कार्यक्रमहरु संचालन गरेर सदस्यहरुको आर्थिक उपार्जनमा सहयोग प्रदान गर्दै आएको छ । बुधबार सम्पन्नभएको दोस्रो वार्षिक साधारण सभामा बोल्ने अधिकांश बक्ताहरुले सहकारीका सदस्य व्यवसायिक नबनेसम्म सहकारीको प्रगतीनहुने भएकाले कृषकहरुलाई निर्वाहमुखीभन्दा पनि व्यवसायमुखिभएर कृषि पेशामालाग्नु पर्नेमा जोड दिएका थिए । सहकारीको उद्देशय एउटै भएकाले ठाकुरबाबा नगरपालिकामा रहेका सहकारी एकिकरण हुन तयार रहेको वरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रीले बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धितालले वित्तिय तथा क्षमता विकासमा सहकारीहरूलाई राष्ट्रिय सहकारी बैंकले सहयोग गर्ने बताउँदै शुभकामना ब्यक्त गर्नुभयो । विभिन्न सहकारीका पदाधिकारी, विभन्न संघसंस्थाका प्रतिनिधी, सहकारीकर्मी, विभिन्न वडाका वडाअध्यक्ष लगायतको उपस्थिती रहेको साधारणसभा संस्थाका अध्यक्ष नवराज न्यौपानेको सभापतित्वमा सम्पन्नभएको संस्थाका प्रबन्धक गणेश बहादुर थापाले जानकारी दिनुभयो ।

Share This: