संगठित महिलाको पाँचौ साधारण सभा सम्पन्न

संगठित महिला फोहोर व्यवस्थापन सहकारी संस्था लि.को पाँचौ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेल हुनुहुनथ्यो भने सभापत्तित्व संस्थाको अध्यक्ष रश्मि अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मीनराज कंडेलले संस्थाले सदस्यता वृद्धि गर्ने, स्थानिय तह संग मिलेर काम गर्ने र राज्यका निकायका कार्यक्रमहरूमा सहभागी भई अनुदान लिने तर्फ ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

जिल्ला सहकारी संघ लि.काठमाडौंका अध्यक्ष टेक प्रसाद चौलागाईले कौसी खेतीको कार्यक्रमलाई राज्यले अनुदान दिईरहेको बताउनुभयो । हामीले बिक्रि हुने फोहोरलाई पनि पैसा दिएर उठाउन लगाउनु परेको र यसलाई व्यवस्थित गर्ने तर्फ संस्थाले काम गर्न सक्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा बोल्दै नेफ्स्कूनको लेखा सुपरीवेक्षण समितिका सदस्य एंवम सूचना चौतारी संस्थाको अध्यक्ष विपिन शर्माले काठमाडौं जस्तो ठाउँमा यो विशेष प्रकृतिको संस्था भएकोले अझ बढि यस्तो संस्थाको आवश्यक रहेको बताउनु भयो । जैविक फोहोरलाई व्यवस्थापन गर्न सक्छ संस्थाले फोहोरलाई मोलको रूपमा परीनत गर्न यो संस्था सफल भएको बताउनु भयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै पूर्व सभासद राज्य लक्ष्मी श्रेष्ठले संस्था आफ्नो मूख्य उद्देश्यमा केन्द्रित रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रदेश न.३ बचत तथा ऋण सहकारी संघका प्रस्तावित सचिव कमलराज अधिकारीले यो संस्थाले महिला उद्यमिलाई बढाउने काम गरेको र वातावरणको क्षेत्रमा यस संस्थाले गरेको काम अनुकरणीय रहेको बताउनु भयो । फोहोर व्यवस्थापनको काम प्रत्यक घरघरमा महिलाकै मुख्य जिम्मेवारीमा पर्ने भएकाले महिलाहरूले चलाएको सहकारी मार्फत फोहोर व्यवस्थापन गरिदा यसले व्यवसायिकता समेत हासिल गर्ने जिल्ला सहकारी संघ लि.काठमाडौंका संचालक अमरावती महर्जनले बताउनु भयो ।

यस संस्थाका सदस्यहरूले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सहकारी संस्था, उपभोक्ता समुह, टोल सुधार समिति, महिला समुहलाई फोहोर व्यवस्थापन तालिम प्रदान गर्दै आईरहेको छ । संस्थाले संस्थाका सदस्यहरूलाई व्यवसाय सञ्चालनको लागि सस्तो ब्याज दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ । संस्थाको अध्यक्ष रश्मि अधिकारीले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको कोषाध्यक्ष रमिला श्रेष्ठ शाक्यले संस्थाको आ.व.२०७५/७६को आर्थिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।

संगठित महिलाको पाँचौ साधारण सभाले रश्मि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष विष्णु खनाल, कोषाध्यक्ष रमिला श्रेष्ठ शाक्य, सचिव शोभा तिवारि र लेखा संयोजक रमना महर्जन रहनु भएको छ । उक्त निर्बाचनको संयोजन प्रदेश न.३ बचत तथा ऋण सहकारी संघका प्रस्तावित सचिव कमलराज अधिकारीले गर्नु भएको थियो ।

Share This: