ताम्रेश्वर साकोसको दशौं साधारण सभा सम्पन्न

काठमाडौं, ११ असोज  । ताम्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश ३, काठमाडौं  क्षेत्र न. ४का सांसद नरोत्तम वैद्यले प्रदेश ऐन फास्ट ट्रयाकबाट ल्याएको र अब नियमावलिलाई पनि फास्ट ट्रयाकबाटै ल्याउन पहल गर्ने बताउनु भयो । संविधानले सहकारीलाई तीन खम्बे अर्थनीति भनेपनि  त्यस्तो नभएको  तर सरकारले नगरेको काम समेत सहकारीले गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथिप्रदेश ३ बचत संघका सचिव कमलराज अधिकारीले ‘सन्दर्भ ब्याजदर तोकिनु ठिक नभएको र तोकिएनी गाँउ र सहरमा फरक फरक तोकिनु पर्ने’ बताए । सहकारीको हितको लागि कर्जा सूचना केन्द्र स्थापना गर्नुपर्ने र प्रदेश नियमावलि पनि छिट्टै ल्याउनु पर्नेमा उहाले जोड दिनु भयो ।

त्यस्तै अतिथि अर्जुन खतिवडाले लेखा समितिको भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भयो ।

उक्त संस्थाले शेयर लाभांश कोषमा १८ प्रतिशत छुट्याएको छ । उक्त कार्यक्रम संस्थाको अध्यक्ष सुभाष भारतीको सभापतित्त्वमा सम्पन्न भएको थियो ।

 

Share This: