सिवाईसीको नयाँ सञ्चालक समिति चयन, सपथ तथा पदभार ग्रहण

१३ आश्विन २०७६ ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको नवनिर्वाचीत सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिहरूले आईतबार सपथ तथा पदभार ग्रहण गरेका छन ।

संस्थाको शनिवार भएको दशौ वार्षिक साधारण सभाबाट चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र पदमपाणी शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको निर्विरोध निर्वाचीत भएको थियो ।

सञ्चालक समितिको उपाध्यक्षमा गण्डकी थापा अधिकारी, सचिव जयराम भारी, सह–सचिव सुवास आचार्य, कोषाध्यक्ष सीता सापकोटा कँडेल र सदस्यहरुमा हर्कवहादुर पाण्डे, मोतीराम गौतम, कृष्णप्रसाद रिजाल, मेषलाल शर्मा, विष्णुराज पन्त, पुतली थापा, दिपा गौतम पौडेल, भिमकुमारी श्रीस रहनु भएको छ । त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा गुमादेवी चापागाई र हरिप्रसाद पौडे्याल रहेको संस्थाले जानकारी दिएको छ ।

हिजो सम्पन्न कार्यक्रममा नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष पौडेललाई निर्वाचन अधिकृत अधिवक्ता भुमिश्वर शर्मा गौतमले र अन्य पदाधिकारी सदस्यहरुलाई अध्यक्ष पौडेलले सपथ तथा पदभार ग्रहण गराउनु भएको थियो ।

सपथ तथा पदभार ग्रहण तथा दशौं समृद्धि दिवस एकसाथ सम्पन्न गरेको कार्यक्रममा संस्थाका निवर्तमान सल्लाहाकार वद्रीप्रसाद पौडेल, शकुन्तला शर्मा, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सचिव ऋषीराम गौतम, सदस्य सेवाकेन्द्रहरुको तर्फबाट तित्याङ सेवाकेन्द्रका संयोजक कुमारप्रसाद उपाध्याय, विहुँ सेवाकेन्द्रका संयोजक चुडामणी कँडेल, बाटाकाचौर सेवाकेन्द्रका संयोजक मदन कार्की, हटियाका सेवाकेन्द्रका सदस्य खिम शाहानी, शेयर सदस्य काजीमान गुरुङ लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नवनिर्वाचीत सञ्चालक समितिको तर्फबाट अध्यक्ष पौडलले सिवाईसीको नयाँ सञ्चालक समिति समक्ष अवसर र चुनौती दुबै रहेको बताउदै अवको ४ वर्षको अवधिमा सिवाईसी जिल्लाको सबैको घर घरमा पुग्ने गरी कार्य गर्ने बताउनु भएको थियो । उहाँले सिवाईसीले छोटो अवधिमा गरेको प्रगतीलाई आत्मसाथ गर्दै आगामी कार्यकालमा यो भन्दा उत्कृष्ठ रुपमा कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम निर्वाचन अधिकृत भुमिश्वर गौतमको अध्यक्षता, निर्वाचन समिति सदस्य सुमन जि.सीको स्वागत र सदस्य हरि गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

Share This: