कान्तिपुरीको १९ औं साधारण सभा सम्पन्न

कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि.को १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौं जिल्ला सहकारी संघका महासचिव खेमराज सुवेदिले सहकारी ऐन २०७४ स्वागत गर्न योग्य भएको तर त्यसलाई कार्यान्वयन गर्न मात्र कठिनाई भएको बताउनु भयो । उहाँले ब्याजदर तोक्न पाउनुपर्ने अधिकार सहकारीलाई नै दिईनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सभापतित्त्व संस्थाका अध्यक्ष मनोज भण्डारीले गर्नु भएको थियो ।५९ करोड ८६ लाख १० हजार २८ रूपैयाको कारोबार गरेकोमा, संस्थाले १५ प्रतिशत मुनाफा बाडेको छ । संस्थाले ४० करोड ४७ लाख १० हजार ४ सय ४७ रूपैया निक्षेप संकलन गरेको थियो । संस्थाका अध्यक्ष मनोज भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

Share This: