बुडोल सामुदायिकद्वारा १५५ ज्येष्ठ नागरिकलाई सम्मान

 बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले २९औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर १५५ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । संस्थाको सामाजिक तथा सास्कृतिक उपसमितिको आयोजनामा संस्थामा आवद्ध ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिक सदस्यहरुलाई दोसल्ला ओढाई खाद्य सामग्री र नगद समेत वितरण गरी सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिकहरुलाई बनेपा, धुलिखेल र नाला क्षेत्रमा छुट्टाछुट्टै स्थानमा भेला गरेर र अशक्त ज्येष्ठ नागरिकहरुलाई घरघरमै गएर सम्मान गरिएको थियो । समुदायमा आधारित भई संचालनमा रहेको र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान बनाउन सफल संस्थाले विगत १६ वर्षदेखि नै ज्येष्ठ नागरिकहरुलाई निरन्तर सम्मान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गरी नयाँ पुस्ता र पुराना पुस्ताबिचमा बढ्दै गएको दुरीलाई कम गर्ने उदेश्यले संस्थाबाट कार्यक्रमको आयोजना गरिएको हो । हाल संस्थामा १७८३२ जना आवद्ध रहेको र संस्थाको कुल सम्पत्ति १ अर्ब ६ करोड  ६ लाख ६६ हजार ८ सय ९६ रहेको छ । संस्थाले आर्थिक कारोबार संगसंगै सदस्यहरुलाई विविध आर्थिक सुरक्षाका कार्यक्रम तथा सामाजिक कृयाकलापहरु संचालन मार्फत सदस्य तथा समुदायलाई सेवा पुर्याउदै आएको छ ।

Share This: