सूचना चौतारी सञ्चार सहकारीको आठौँ वार्षिकोत्सव सम्पन्न

सूचना चौतारी सञ्चार सहकारीको आठौँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा संस्थाका सञ्चालक तथा साधारण सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा प्रदेश नं ३ नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले, प्रदेश नं ५ नेपाली कांग्रेसका प्रमुख सचेतक निर्मला क्षेत्री, पूर्वराज्यमन्त्री चन्द्रसिंह भट्टराई, कांग्रेस पार्टी कार्यालयका पूर्व मुख्य सचिव ऋषिकेश तिवारी, कांग्रेस नेता प्रकाशसिंह कार्की, अभिनेत्री लक्ष्मी गिरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका मानार्थ अध्यक्ष पुरुषोत्तम दाहाल, अध्यक्ष विपिन शर्मालगायतका वक्ताले संस्थाको कार्यप्रगति एवं आगामी दिनका कार्ययोजनाबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख प्रकाश थापाले सूचना चौतारी सञ्चार सहकारी संस्थाका उत्पादनहरु हरेकपल डटकम, सहकारी नेपाल डट कम, सहकारी नेपाल मासिक पत्रिकालगायतलाई बढोत्तरी गराउन नयाँ योजनाहरु सार्वजनिक गर्नुभएको थियो ।

सूचना चौतारी सञ्चार सहकारीको स्थापना २०६९ साल असोज २८ गते भएको हो ।

वार्षिकोत्सवको फोटोफिचर :

Share This: