साना उद्यमीलाई लगानी गर्ने सौगात सहकारीको प्रतिबद्धता

सौगात बहुउद्देश्यीय सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार रामजीप्रसाद सुबेदीले यस सहकारीले बचत तथा ऋण कारोबारमा मात्रै ध्यान नदिई उद्यमीको उत्पादनलाई समेत सहकारीमार्फत बजारीकरणमा सघाइरहेको बताए । उनले उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पु¥याउन सहकारीले खेलेको भूमिकाबाट उत्साहित भएको बताए ।

त्यस्तै विशिष्ट अतिथि दिपक पौडेलले म्याग्दीका महिला उद्यमीलाई आत्मनिर्भर बनाउन तथा उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा लैजान सहकारीले भूमिका खेलेको बताएका थिए । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित उक्त साधारणसभामा बोल्दै अन्य बक्ताहरूले उत्पादनमुखी क्षेत्रमा गरिएको लगानीले दिर्घकालिन फाईदा हुने बताएका थिए ।लघु उद्यमीलाई आर्थिक निर्भर हुने गरी लगानी गर्नुपर्ने, स–साना लगानीबाट समेत आर्थिक रुपमा आत्मनिर्भर हुन सकिने भएकाले सहकारीमार्फत पूँजी परिचालनमा प्राथमिकता दिनुपर्ने बताए ।

साधारणसभाको अवसरमा बेनी न.पा ९ का वडा अध्यक्ष बेलबहादुर कुटवाल,सल्लाहकार होमकुमारी उपाध्याय,डिमेघा म्याग्दीकी अध्यक्ष लिलादेवी पुन,निबर्तमान अध्यक्ष भगवती शर्मा, सेयर सदस्य हिरादेवी उपाध्यायले शुभकामना मन्तव्य राखेका थिए । सहकारीका कोषाध्यक्ष नेत्रराज सुबेदीले सहकारीले गत आ.व.मा २ करोड ७२ लाख १६ हजार ९ सय कारोबार गरेको बताए । उनले रेमिट्यान्स सहित उद्यमीमैत्री कारोबारलाई प्राथमिकता दिएको बताए । सोही अवसरमा उत्कृष्ट बचतकर्ता भिमादेवी शर्मा, उत्कृष्ट ऋणी दिप बहादुर मल्ल र उत्कृष्ट कर्मचारी प्रमिला पौडेललाई सम्मान गरिएको थियो । २०६६ मंसिर १६ गते २५ जना सदस्यले २५ हजार सेयर लगानीबाट सुरु गरेको संस्थामा हाल ५०० भन्दा बढी सदस्य रहेका छन् । सहकारीका अध्यक्ष सन्तोष ढुंगानाको अध्यक्षता,  स्वागत उपाध्यक्ष शर्मिला ढुंगाना र सञ्चालन समितिका सदस्य शिवप्रसाद सुबेदीले गरेका थिए ।

Share This: