नेशनल को–अपरेटर्स एलायन्स काठमाडौंको नयाँ नेतृत्व निर्विरोध चयन

नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लामा पुष्पबहादुर पौडेलको अध्यक्षतामामा नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । हिजो भएको प्रथम अधिवेशनले पौडेलको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसहमतीमा चयन गरेको छ । आगामी ३ वर्षकालागि निर्वाचित नेशनल को–अपरेटर्स एलायन्स काठमाडौंका विजेताहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले अविर, माला र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रमुख अतिथि खाँडले कार्यक्रममा आफ्नो भनाई राख्दै, कम्युनिष्टहरु जनताको बहुदलिय जनवादबाट जनताको जनबादमा जाने तर्फ लागेका र सम्पतिमाथिको नागरीकको अधिकार खेस्ने तर्फ कम्युनिष्ट सरकार अग्रसर भइरहेको भन्दै सहकारी बिचार भनेको नै ब्याक्तिको निजि सम्पतिको अधिकार सुनिश्चित गर्ने विचार हो । तसर्थ प्रजातान्त्रिक विचारका सहकर्मी एकजुट हुन र सँगठित हुन जरुरी भएको बताउनु भयो । नेपाली काँग्रेसका प्रमुख सचेतक, संसदीय दल प्रदेश नं ३ कि राधा घलेले सहकारी भावनाको प्रवद्र्घन र सहकारीको विकास नै लोकतन्त्रवादीबात मात्र हुन सक्ने बताउनु भयो ।

नेशनल कोअपरेटर्स एलाइन्स नेपालका केन्द्रिय अध्यक्ष डिल्लीराम तिवारीले भन्नुभयो, ‘‘एलाइन्स नेपाल सहकारीको सुरुवात र विकास नेपाली काँग्रेसले गरेको भएता पनि अहिले कम्युनिष्टहरुले सहकारीमा कब्जाको रणनीति लिएकोले प्रजातन्त्रीकहरु संगठित हुन जरुरी भएको छ ।’’ त्यस्तै सहअध्यक्ष गोविन्द पौडेलले नेशनल कोअपरेटर्स एलाइन्स काठमाडौँ जिल्लामा प्रजातन्त्रीक विचारको सहकारीकर्मीको संख्या र संस्थाको क्षमता समेत उच्च रहेको बताउनु भयो । र अर्को सहअध्यक्ष सुरेन्द्र भण्डारीले नेशनल कोअपरेटर्स एलाइन्स संगठित हुन र सक्षम एवम् वलियो संस्था चलाएर एलाइन्स पक्षधरहरु उदाहरणीय सस्थामा प्रस्तुत हुन जरुरी छ भन्नुभयो ।

केन्द्रिय एलाइन्सका महासचिव एवम् नेफ्स्कूनका महासचिव चन्द्र ढकालले भन्नुभयो, ‘हमीले संगठित हुने र अभियानमा सक्रियता देखाउने कार्य गर्न आन्तरीक संरचनालाई बलियो बनाउनु पर्छ ।’ काठमाडौँ जिल्ला एलाइन्सका निवर्तमान अध्यक्ष केदार मानन्धरले, संगठनको काम गर्न सजिले छैन । जतिसम्म सहभागीता भएको छ त्यतिमा नै सन्तुष्ट हुने अबस्था छैन । धेरै साथिहरुलाई एलाइन्समा आबद्घभई संगठन बलियो बनाउनु पर्छ भन्नेमा जोड दिनुभयो ।

कार्यक्रम निवर्तमान सचिव एवम् नवनिर्वाचित अध्यक्ष पुष्प बहादुर पौडेलले सञ्चालन गर्नुभएको थियो । नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाका अध्यक्ष पुष्पबहादुर पौडेलसहितको सम्पूर्ण नवनिर्वाचित टिमलाई सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को तर्फबाट हार्दिक बधाई । सफल कार्यकालको शुभकामना ।

Share This: