सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. को १३ औं बार्षिक साधारण सभा सम्पन्न

ललितपुर । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वार्ड नं. ९ मा सञ्चालित सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष श्री शशिधर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास वोर्डका सहअध्यक्ष श्री दक्ष पौडेल हुनुहुन्थ्यो भने अतिथिहरुमा राष्ट्रिय सहकारी महसंघका सञ्चालक तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल,नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघका अध्यक्ष दिपकराज पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन,९ नं. वडाका वडाध्यक्ष बासुदेव शर्मा,जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष दिल नापित लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन अध्यक्ष पोखरेलले प्रस्तुत गर्नुभएको थियो। संस्थाले ५४२ जना सदस्यवाट शेयर पूँजी ४८,२५,४००। संकलन गरेको छ भने निक्षेप संकलन २,६८,२८,७६४। रहेको छ भने कर्जा लगानी२,५३,२३,५६३ ।छ । संस्थालेसदस्यहरुलाई आवश्यक पर्ने राशायनिक मल तथा विउ विजन उपलब्ध गराउँदै आएको छ । आगामी बर्ष संस्थाले कृषि पर्यटन सम्बन्धी कार्यहरु गर्ने लक्ष लिएको छ भने जेष्ठ सदस्य तथा फरक क्षमता भएका सदस्यहरुलाई नगद सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

Share This: