आठौँ राष्ट्रिय कर दिवसमा कर प्रशिक्षण हुदै

काठमाडौं, ५ मंसिर । आठौँ राष्ट्रिय कर दिवसको अवसरमा आज कर प्रशिक्षण कार्यक्रम हुदैछ ।नेपाल व्यापार संघको आयोजना तथा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा कर प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।

नेपाल व्यापार संघको केन्द्रीय कार्यालय ओटु, भद्रकाली चोक, काठमाडौंमा बिहान ११ बजेदेखि कर प्रशिक्षण कार्यक्रम हुने भएको छ । आयोजककाअनुसार उक्त कार्यक्रममा कर कार्यालयको समन्वयमा सजिलै व्यक्तिगत स्थायी लेखा नम्बर (पान नम्बर) उपलब्ध गराइने भएको छ ।

पान नम्बर भएका व्यवसायीलाई सजिलै भ्याटमा जान सहज वातावरण बनाइदिने हुँदा उक्त कार्यक्रममा सम्पूर्ण व्यापारीहरुलाई अनिवार्य उपस्थितको लागी आयोजक नेपाल व्यापार संघ र सह आयोजक पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि ले विनम्र अनुरोध गरेको छन् ।

Share This: