नेपाल ब्यापार संघ र पञ्चकन्या साकोसको आयोजनामा कर प्रशिक्षण

काठमाण्डौँ ५ मंसिर आयोजक नेपाल ब्यापार संघ तथा सह आयोजक पञ्चकन्या बचत तथा ऋण सहकारी सँस्थाले आठौँ राष्टिय कर दिबसको उपलक्ष्यमा न्यूरोडको ओटुमा कर प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि न्यूूरोड कर कार्यालयका कर प्रमूख राम प्रसाद मैनालीले सबैलाई करको दायरामा ल्याउन सरकार लागि परेको बताउनुभयो । सो अबसारमा उँहाले सरकारले कोहि कर नतिर्ने व्यावशायीहरु भए त्यस्ता व्यापारी व्यावशायीहरुको बारेमा सरकारलाई जानकारी गराउन आग्रह समेत गर्नुभएको थियो, साथै त्यसरी जानकारी गराउनेको नाम समेत गोप्य राखिने बताउनुभएको थियो ।

त्यस्तै सोहि कार्यक्रममा नेपाल राष्टिय ब्यावशायीक महासघंका अध्यक्ष नरेश कटवालले  व्यापारीहरुकोमुद्धा सम्वोधन गर्न सरकारलाई बारम्वार आग्रह गर्दा पनि सुनुवाई हुन नसकेको गुनासो गर्नुभयो । बारम्वार सरकार परिबर्तन भएपनि व्यावशायीको पक्षमा सरकारले प्रभावकारी कानून बनाउन नसकेको आरोप लगाउनुभयो । व्यापारका लागि भाडामा दिने घरबेटिले मनलागि भाडा असुल्ने तर सरकार भने केवल एकपक्षिय रुपमा व्यापारीहरु सँग मात्र कर उठाउनाले व्यापारीहरुलाई मार्का परेको वताउनुभएको थियो सोहि अवसरमा उँहाले सरकारले सबैलाई मान्यहुने कानून बनाई लागु गरेमा आफुहरु त्यसमा सहयोग गर्न तयार रहेको समेत बताउनुभएको थियो ।

त्यसैगरि सोहि कार्यक्रममा नेपाल ब्यापार संघका अध्यक्ष कुमार कार्कीले करको दर नभई दायरा बढाउनुपर्ने बताउनुभएको थियो । सोहि अबसरमा कार्कीले करको निर्धारण गर्न सरकार र व्याबशायी बिचमा उचित समन्वय हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी सञ्चालक दिनेश कुुमार पोखरेलले उपस्थित सहभागीहरुलाई पञ्चकन्या सहकारी सँग सहकार्य गरेर आफ्नो व्यापार व्याबशाय वृद्धि गर्नका लागि आहवान गर्नुभएको थियो । सोहि कार्यक्रममा उहाँले कार्यक्रममा आफ्नो संस्था सह आयोजक भएर काम गर्न पाँउदा निकै खुसि लागेको बताउनुभएको थियो ।

कार्यक्रममा कार्यक्रम सञ्चालक व्यापार संघका महासचिव तथा सूचना चौतारी सञ्चार सहकारी लेखा सुपरिबेक्षण समितिका संयोजक कृष्ण अधिकारीले सरकारले कर बढाउनुभन्दा करको दायरा बढाउने र करको दायरामा आउन नसकेकाहरुलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । सरकारले उठेको करको लाभ जनतामा पर्ने गरि काम गर्नसकेमा सबैलाई करको दायरामा ल्याउन सहजहुने बताउनुभएको थियो ।


त्यसैगरि नेपाल ब्यापार संघका उपाध्यक्ष तथा सूचना सौतारी सञ्चार सहकारीका सदस्य हरी गौतमले कर सँग कसैले डराउन नहुने बताउनुुभयो । त्यस्तै उहाँले करको बिषयमा बुझनका लागि कर कार्यालयमा समेत गएर सहज ढंगले बुझन सकिने बताउनुभएको थियो । सोहि सन्दर्भमा बोल्दै गौतमले व्यापारी र सरकार नङ र मासुको जस्तै सम्बन्ध हुने बताउदै ब्यापार तथा व्याबशायमा देखिएका समस्याहरु समाधान गर्न अब आफुहरुले पहलगर्ने बताउनुभएको थियो ।

कार्यक्रममा उपस्थीत करिब १ सय जना व्यापारी तथा व्याबशायीहरुलाई कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

Share This: