उपासना महिला साकोसको १०औँ वार्षिक साधारणसभा सम्पन्न

उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सहकारीले सबै किसिमको नागरिकको क्षमता वृद्धिमा सहकारीले ठूलो भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले उद्यमी बन्न र बनाउन सहकारीले मुख्य भूमिका खेल्नुका साथै महिला सहकारीको रूपमा स्थापित यस्ता संस्थाले महिलाको क्षमता अभिवृद्धि गर्नका लागि महिलालाई घरभन्दाबाहिर निस्किएर काम गर्ने वातावरणको सिर्जना गरेको बताउनुभयो  ।

कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघ काठमाडौंका कोषाध्यक्ष मनोज भण्डारीले निक्षेप र कर्जामा केन्द्रित भएर काम गर्ने हुनाले सहकारीको माध्यमबाट आर्थिक परिवर्तन हुने जानकारी दिँदै राज्यको क्षेत्रबाट सहकारीलाई ध्यान दिन अनुरोध गर्नुभयो । संस्थाको गतिविधि प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले गर्नुभएको थियो भने संस्थाकी संचालक आरती चित्रकारले स्वागत मन्तव्य राख्नुभएको थियो ।

औपचारीक कार्यक्रम सुरु हुनुभन्दा पहिले महिलाहरूलाई सिलिण्डर ग्यासको प्रयोग र सुरक्षा कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले गर्नुभएको थियो ।

Share This: