लायन्स क्लवका डिस्ट्रिक गभर्नरद्वारा क्लव भिजिट कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ नेपालको डिस्ट्रिक  गभर्नरद्वारा घाँसी नेपाल क्लव भिजिट कार्यक्रम उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको भवन  लाजिम्पाट, कैलाशचौरमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा डिस्ट्रिक गभर्नर सहित घाँसी नेपालको सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गभर्नर ईन्दु लम्सालले भ्रमण कार्यक्रमको आयोजना गर्नु निकै सुखद रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमको आयोजना गर्दा संस्थाको कार्यविवरणको बारेमा बुझन सहज हुने र उपस्थितहरू बिच सम्बन्ध दृढ हुदै जाने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि द्वरा घाँसी नेपालका सदस्यहरूलाई प्रमाण पत्र वितरण गरीएको थियो । कार्यक्रमको अध्यक्षता घाँसी नेपालकी अध्यक्ष रोजीना श्रेष्ठले गर्नु भएको थियो ।

Share This: